हरिनगर गाउँपालिकाका नवप्रवेशी शिक्षकलाई अभिमुखिकरण गोष्ठी
अनिल श्रेष्ठ । इनरुवा
सुनसरीको हरिनगर गाउँपालिकाका नवप्रवेशी शिक्षक र विषय विज्ञबिच पेशागत सहयोग, पृष्ठपोषण र सुपरीवेक्षण सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । विद्यालयमा आएका नयाँ शिक्षकहरुले कक्षामा बेर्होनुपरेको समस्या र समाधानका उपायहरु सुझाव दिने उदेश्यका साथ शिक्षकलाई अभिमुखिकरण गरिएको हो ।








गोष्ठी कार्यक्रममा हरिनगर गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख बाबा ठकुरी रिजाल, अजितकुमार मल्लिक, बालकृष्ण माविका प्रधानाध्यापक मो. नजामुद्धिन अंसारी, जनता माविका प्रधानाध्यापक लिलानाथ सिलवाल सहितकाले अभिमुखिकरण सहितको प्रशिक्षण दिनुभयो । गोष्ठीमा शिक्षकहरुलाई कक्षा कोठामा गर्ने प्रस्तुती र तयारी सहित पढाउने शैलीहरु समुदाय र विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, आमा समूह, शिक्षक र कर्मचारी बीचको समन्वयका बारेमा जानकारी दिएको थियो । शैक्षिक सुधारमा शिक्षकहरुको प्रयास अपरिर्हाय भएकाले यसप्रकारका छलफल, गोष्ठी, संयुक्त अन्तरक्रियात्मक गोष्ठीले योगादन गरेको शिक्षक निर्मण मेहताले बताउनुभयो । गोष्ठीले विद्यालयको शैक्षिक, व्यवस्थापकीय र शैक्षणिक सुधारका लागि नव प्रवेशी किक्षकहरुसंग छलफल समेत भएको जनाएको छ ।

शाखा प्रमुख रिजालले सबै शिक्षकलाई योजनाबद्ध रूपमा कक्षाकोठामा जान सुझाब दिनुहुदै नेपाल सरकारले तोकेको भन्दा बढी योग्यता भएका अब्बल शिक्षक रहेको विद्यालयहरुले नमुना विद्यालयको रूपमा स्थापित गर्न शिक्षकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । विद्यालयमा कार्यविभाजन सहित कार्य जिम्मेवारी प्रदान गर्न सके शैक्षिक गुणस्तरमा सुधार ल्याउन सक्ने विषयमा समेत छलफल भएको थियो । गोष्ठीमा शिक्षा शाखाका अजितकुमार मल्लिक, पत्रकार जयकृष्ण यादव, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ हरिनगर अध्यक्ष युवक मुखिया, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
