लन्डमा रहँदै आएकी नेपाली मोडल अनिता लिम्बुले चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागीता जनाउँदै दर्शकको मन जितेकी छिन् । यो शो आइ टीभी टूबाट प्रशारण हुँदै आएको छ । सामाजिक संजाल इन्स्टाग्राममा उनको कौशल देखेर यो शोको आयोजकले कार्यक्रममा सहभागी हुन उनलाई आग्रह गरेको थियो ।

यो कार्यक्रम आई टीभी हब मार्फत जुनसुकै समयमा पनि हेर्न सकिनेछ । ताप्लेजुङमा जन्मिएकी अनिता मोडलिङ र डान्सिङमा सानैदेखि रुची राख्दै आएकी थिइन् ।

नेपालमा प्लस टू सम्मको अध्ययन सकेर बेलायत पुगेकी उनले ब्युटी थेरापी सम्बन्धी अध्ययन पनि पुरा गरिसकेकी छिन् । बर्हिगमनको एक फेशन शोबाट मोडलिङ यात्रा सुरु गरेकी अनिताले विभिन्न सौन्दर्य प्रतियोगीतामा पनि भाग लिइसकेकी छिन् । उनले, केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।