पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी
सुनसरीमा दादुरा-रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालयले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ खोप लगाउने बुथ निर्धारण गरिएको छ भने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाइँले जानकारी दिनुभयो । खोप अभियान सञ्चालनका लागि एक हजार नौ सय ८६ स्वास्थ्यकर्मी र दुई हजार नौ सय ९९ स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । सुनसरीमा नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख ४९ हजार आठ सय २५ बालबालिकालाई खोप लगाउने तयारी भएको प्रमुख प्रसाइँले बताउनुभयो । खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्तरण, खोपलगायत कार्य भएको उहाँले बताउनुभयो । जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विषेशरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।
