सुनसरी सदरमुकाम इनरुवामा नेपाली काग्रेंसका सन्त नेता कृष्ण प्रसाद भट्टराईको स्मृति दिवसको अवसर पारेर दिप प्रज्वलन कार्यक्रम गरिएको छ । इनरुवा स्थित लोकतान्त्रिक इनार चौकमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको स्मृति दिवसको अवसर पारेर नेपाली काग्रेसका नेताकार्यकर्ताहरुको उपस्थितीमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेता एवम् पूर्व राज्य मन्त्री सिताराम मेहताले सन्त नेताको जीवन र त्याग बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेता तथा इनरुवाका उपप्रमुख बिनिता मेहता, पूर्व उपप्रमुख जमुना गौतम पोखरेल, नगर उपसभापती विनिता दाहाल, युवा नेता धिरज भट्टराई, चन्दन यादव, शिवकुमार यादव, योगेन्द्र मेहता सहितको उपस्थिती रहेको थियो ।