इनरुवा, फागुन २४ गते । नेपाल कम्युनिगट पार्टी संयुक्त जिल्ला समिति सुनसरीको आयोजनामा इनरुवा नगरपालिकामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । एकीकृत जनक्रान्ति जिन्दाबादको नाराका साथ बर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विषेशताको समाजवाद विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न भएको कार्यक्रममा वत्ताहरुले देशमा समाजबाद नभएसम्म मानवअधिकारको अनुभुती र सामाजिक न्यायको महसुस गर्न नसक्ने बताएका छन् । कार्यक्रममा पार्टीका डीबी सीले देशमा वर्गिय विभेद र छुवाछुत तथा पहुँचको अभाव कायम रहेसम्म समाजबाद नहुने र समाजबाद नभएसम्म मानवअधिकारको प्रत्याभुती र सामाजिक न्यायको महसुस गर्न नसक्ने बताउनुभयो ।


कार्यक्रममा विपन्न क्षेत्रका नागरिक अगुवाहरु र नागरिक समाजका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।