नेपाली कांग्रेस सुनसरी क्षेत्र २ अन्तर्गतको प्रदेश सभा समिति सुनसरी क्षेत्र नं. २(१) ले वीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा साप्ताहिक कार्यक्रम सुरु गरेको छ।

साप्ताहिक अभियान अन्तर्गत रामधुनी नगरपालिका वडा नं ५ मीनी पार्कमा वृहत सरसफाई र वृक्षारोप्न गरीएकाे छ । कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव ढुङ्गानाको प्रमुख आतिथ्यमा भव्य समारोहका बीच साप्ताहिक कार्यक्रम उद्घाटन गरेको हो ।

पिविकाे याेगदान कार्यक्रमकाे ओचित्य बारेमा नेपाली कांग्रेस सुनसरी सचिव वीरेन्द्र शाह, रामधुनी नगर सभापति सुदिप अधिकारी, वडा अध्यक्ष भोला बास्तोला सहितले चर्चा गर्नुभएको थियो ।

कार्यक्रमकाे अध्यक्षता प्रदेश सभा सभापति शुभेच्छुक देवानले गर्नुभएको थियो ।