अनिल श्रेष्ठ । सुनसरी
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा नेकपा एमालेको वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।मंगलवारको नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटिको आयोजनामा वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५५ जना नेकपा एमालेमा प्रवे गरेको पार्टीका भोक्राहा पालिका कमिटि अध्यक्ष हेमनारायण मण्डलले जानकारी दिनुभयो ।

मण्डलकै अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रिय कमिटी सदस्य एवं सुनसरी जिल्ला इन्चार्ज जगदीश प्रसाद कुसियैत रहनुभएको थियो । प्रवेश कार्यक्रममा विशीष्ट अतिथिीहरुमा केन्द्रीय कमिटी सदस्य एवं निर्वाचन क्षेत्र (४) इन्चार्ज तैयव हुसैन, प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरी, जिल्ला कमिटि कार्यवाहक अध्यक्ष पर्शुराम यादव, सचिवालय सदस्य अव्वास अन्सारी, राष्ट्रिय युवा संघ, नेपाल ईनरुवा अध्यक्ष रमेश आचार्य सहितको उपस्थिती रहेको थियो ।


सोही कार्यक्रममा अनेरास्ववियु सुनसरी कमिटी सदस्य एवम् संगठन बिभाग प्रमुक महेश थापा मगर, १ र ८ नम्बर वडाका इन्चार्ज महेन्द्र प्रसाद यादव लगायतको उपस्तिथि रहेकोथियो ।

विभिन्न पार्टी त्यागेर एमोलमा नव–प्रबेशीहरुलाई सुखद र सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई समेत व्यक्त गरिएको जनाएको छ । कार्यक्रम पालिका कमिटिको आयोजना तथा निर्वाचन क्षेत्र ४(ख)को सह–आयोजनामा सम्पन्न गरेको थियो ।