शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
सुनसरीकाे इनरुवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टीकाे तर्फबाट इनरुवा नगरपालिकाका प्रमुखको प्रत्यासी दिलिचन साहुकाे आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । जनतासंगकाे सम्बन्ध र नागरिक समाजका अगुवाहरुसंत अन्तरक्रिया सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अधिवक्ता अर्जुन मेहता, पुर्व प्रधानाध्यापक सत्यनारायण मेहता, नविनचन साह, रामवृक्ष साह, रामकुमार यादव, सन्जय पंडित, महिचन साह, महेन्द्र यादव सहित सयकाे सहभागीता रहेको थियो ।

सुनसरी जिल्लाको सदरमुकाम बनाउनु हुने विकासप्रेमी नेता दिलबहादुर श्रेष्ठको सालिक इनरुवामा किन बन्नुपर्छ ? भन्ने विषयमा समाजको प्रबुद्ध वर्गको उपस्थितिमा विचारगोष्ठी तथा विजयादशमीको पावन अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आफ्नो निवासमा सम्पन्न भएकाे आयाेजक दिलिपचन साहले जानकारी दिनुभयो।
