सुनसरीकाे गढी गाउँपालिका वडा नम्बर ६ मा हुने उप निर्वाचनको लागि नेकपा माओवादी केन्द्रकाे चुनाब केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।


कार्तिक ७ गते नेकपा(माओबादी केन्द्र)गढ़ी गाउँ पालिका वडा न.६ वडा समितिको विस्तारित बैठक र चुनाब केन्द्रित प्रशिक्षण सम्पन्न भएकाे पार्टीले जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सह इंचार्ज सावित्री कुमार काफले, केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इंचार्ज निर्मल बराल, केन्द्रीय सदस्य तथा पूर्ब प्रदेस सभा उपसभामुख सरस्वती पोखरेल,प्रदेस समिति उपाध्यक्ष शिव डांगी, जिल्ला संयोजक योगेन्द्र मण्डल सहितको उपस्थितिमा चुनाब केन्द्रित प्रशिक्षण सम्पन्न भएकाे हो ।

चुनाब केन्द्रित प्रशिक्षण कार्यक्रममा गढ़ी गाऊपालिका पार्टी इंचार्ज खगेंद्र चौधरी, अध्यक्ष प्रभु यादव , उरांव मुक्तिमोर्चाका अध्यक्ष रामु उराव लगायतका नेता तथा अगुवाहरूको समेत उपास्थिति रहेको थियोे । सम्पन्न वडा समितिको विस्तारित बैठकले सर्वसम्मत रूपमा पार्टीका वडाका लोकप्रिय नेता कुशेश्वर खेरवार यादवलाई उपनिर्वाचनमा वडा अध्यक्षको उमेदबार बनाउने सिफारिस गरेको हो।

कुशेश्वरले गत स्थानीयतह चुनावमा वडा अध्यक्षमा सोही वडाबाट माओबादी केन्द्रबाट निकटतम प्रतिस्पर्धी मत प्राप्त गर्नुभएको थियो। यो उप निर्वाचननमा उहाँले बिजयीको झण्डा फहराउने अपेक्षा गरिएको पार्टीका नेता निर्मल बरालले बताउनुभयो । मेरो तर्फबाट पनि कुशेश्वर खेरवारजि लाई अग्रिम बधाई तथा शुभकामना ।