भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न
निर्मल बराल । सुनसरी
नेकपा(माओबादीकेन्द्र) का बरिस्ठ उपाध्यक्ष नेकपा( माओबादीकेन्द्र)का बरिस्ट उपाध्यक्ष, पूर्ब उपप्रधान तथा गृह मंत्री क. नारायणकाजी श्रेस्ठ पार्टीको इटहरी उपमहानगर समितिद्वारा नगर पार्टी कार्यालय इटहरीमा आयोजितस्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको छ।मोरंगको सुंदरहरैचामा पार्टीद्वारा आयोजित जनसभा, पार्टी प्रबेश लगायतका विभिन्न कार्यक्रमहरूमा जाने क्रममा इटहरी नगरपार्टीद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा सहभागी हुनुभएको हो।

नगर अध्यक्ष क.बहादुर सिंह तामांङको संचालन इंचार्ज क.मदन चुड़ालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता श्रेस्ठले समसामयिक राजनीतिक घटनाक्रममा पार्टीको भूमिका र दृष्टिकोण बारे चर्चा गर्नुहूँदै पार्टी नेता कार्यकर्ताहरूको कार्यभार बारे प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा प्रदेश सहइंचार्ज क. साबित्री कुमार काफले, केन्द्रीय सदस्य तथा जिल्ला इंचार्ज क. निर्मल बराल,मोरँग जिल्ला इंचार्ज क. कुशल,केन्द्रीय सदस्यहरू क. मुकेश, क. अनिता परियार,क.डम्बर सूबेदी,क. सरस्वती पोखरेल, प्रदेस अध्यक्ष क. हर्क नेम्बांग, उपाध्यक्ष क.शिव ड़ांगी,सुनसरी जिल्ला संयोजक क. योगेन्द्र मण्डल, प्रदेस समितिका सदस्यहरू,जिल्ला समिति, इटहरी नगरका अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

इटहरीमा अघिल्लो महिना पार्टी अध्यक्ष तथा पूर्ब प्र.म.क. पुष्पकमल दहाल प्रचण्ड को आगमनले यूबाहरू सहित समग्र पार्टी पङतीलाई उत्साहित बनाएको थियो भने अहिले बरिस्ठ उपाध्यक्ष तथा भ्रषटाचार बिरुद्द सु-शासन अभियानका राजनीतिक आभियन्ताको रूपमा जनताले सम्मान गर्ने क .नारायणकाजी श्रेस्ठको उपास्थितिले ईटहरीको पार्टी गौरबन्वित भएको नगर अध्यक्ष तामांगको अनुभूति छ।


