गढी २ मा एमालेको अधिवेशन सम्पन्न
सुनसरीको गढी गाउँपालिका २ औरावनीमा नेकपा एमालेको नम्बर वडा अधिवेशन सम्पन्न भएको छ ।

नेकपा एमालेको गढी गाउँपालिका २ नम्बर वडा कमिटि तेस्रो अधिवेशनबाट शिशलाल चौधरीको अध्यक्षतामा १५ सदस्य वडा कमिटि चयन भएको छ । गढी गाउँपालिका २ मा भएको अधिवेशनबाट उपाध्यक्षमा राजेश्वर चौधरी, सचिवमा सुरेन्द्र कुमार चौधरी, उप सचिवमा गितादेवी यादव, डोमनीदेवी चौधरी चयन भएको जनाएको छ ।


त्यसैगरी सदस्यहरुमा मोलिम साफी, सितादेवी उराँव, बानदेव उराँव, विकेश परियार, अशोक चौधरी, गीतादेवी चौधरी, जयनारायण यादव, सकुरिया खातुन, कालुराम मडयारी, विष्णु प्रसाद यादव, कृष्णादेवी बस्नेत, गुडकी देवी विश्वाश, इसरवती थरुनी, जोगनारायण चौधरी र देवनारायण मण्डल चयन भएको पार्टीका नेता तथा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले जानकारी दिनुभयो ।

निर्वाचित सबैलाई पार्टीका नेता माया पोखरेलले सपथ ग्रहण गराउनुभएको चौधरीले बताउनुभयो ।

—
