अनिल श्रेष्ठ । इनरुवा
नेकपा एमाले इनरुवा नगरपालिका वडा नम्बर ३ काे वडा अधिवेशन सनिवार सम्पन्न भएको छ ।

सम्पन्न भएको वडा अधिवेशनबाट चेतराज पाेखरेलकाे अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी निर्विरोध निर्वाचित भएको छ ।

वडा कमिटी उपाध्यक्षमा केशवकुमार श्रेष्ठ, सचिवमा कमलप्रसाद उपाध्याय,  सहसचिव खुलामा उमेश कुमार चाैधरी, सहसचिव महिलामा करुणा सुवेदी  निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा लिलि घाेष, गुण बहादुर लुईटेल, टेकबहादुर घिमिरे , नातिबाबु कार्की ,बादलकुमार श्रेष्ठ , पूर्ण माया बस्नेत र शर्मिला चाैधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

पार्टीका नगर अध्यक्ष प्रेम पौडेलका अनुसार शनिबार नेकपा एमाले इनरुवा वाड न. ३ को दोस्रो वडा अधिबेशन उदघाटन समारोहका प्रमुख अतिथि पुर्ब पर्यटन मन्त्री कोशी प्रदेशका पुर्ब मुख्य मन्त्री तथा सुनसरी २ का संघीय सासद भिम आचार्य रहनुभएकाे थियो । अधिवेशनमा केन्द्रिय सदस्य तैयब हुसेन, अनुशासन आयोगका केन्द्रिय सदस्य  पोस्ट नेपाल, नेता खेमराज पोख्रेल र कालुराम गुरुङको उपस्थिति रहेको थियो ।

हाम्रो तर्फबाट सर्बसम्बत निर्वाचित कमिटीका पदाधिकारीलाई बधाई तथा कार्यकालको हार्दिक शुभकामना