इटहरी : इटहरीमा रहेको नव दृष्टि आँखा हस्पिटलले सप्तरीमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । शिविरमा ६९१ जना सेवाग्राही लाभान्वित भएका छन् भने ६२ जनाले मोतियाविन्दुको अप्रेसन गराएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी, महादेवा गाउँपालिका ५ र ३ नं. वडाका विभिन्न ठाउँमा निःशुःल्क शिविर आयोजना गरिएको दृष्टि विज्ञ राकेश थापाले जानकारी दिए ।

उनकाअनुसार शिविरमा निःशुल्क आँखा जाँच गरिएको थियो । जसमा मोतियाविन्दु देखिएका ६२ जनालाई इटहरीस्थित हस्पिटलमै ल्याएर अप्रेसन गरिएको छ ।


बिरामीहरूको निःशुल्क अप्रेसनसँगै बिरामीलाई बस्ने व्यवस्था गरिएको हस्पिटलकी अध्यक्ष डा. पूजा गौतम राईले बताइन् ।

उनले भनिन्, ‘यसअघि पनि हामीले कोशी प्रदेशका पहाडी जिल्लासहितका ठाउँमा निःशुल्क शिविर आयोजना गरेका छौँ ।’उनले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको बताइन् ।