जुवा खेल्ने १६ जना प्रहरीको फन्दामा, झण्डै तीन लाख रुपियाँ बरामद
सुनसरीमा जुवा खेल्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा जुपाडेहरुलाई फन्दामा पारेको हो । जुवाडीहरुबाट झण्डै तीन लाख रुपियाँ नगद समेत बरामद बरामद गरेको प्रहरीले जनाएको छ । शुक्रबार राती सुनसरीको इनरूवा नगरपालिका वडा नं. ६ मधेशामा अवैध रूपमा जुवातास खेली रहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरी अधिकृतको टोलीले १६ जनालाई पक्राउ गरेको हो ।

जुवा खेल्ने १६ जना प्रहरीको फन्दामा गर्दा ती मानिसहरूलाई दुई लाख ८३ हजार ९६५ रुपियाँ सहित जुवा खेलिरहेको वस्थामा फेला पारी कानून बमोजिम पक्राउ गरेको प्रहरी उपरीक्षक सुमन तिल्सिनाले जानकारी दिनुभयो । नगद सहित नियन्त्रणमा लिईएको १६ जनालाई नै जिल्ला प्रहरी सुनसरीमा ल्याई विस्तृत अनुसन्धान गर्ने कार्य भइरहेको तिम्सिनाले जानकारी दिनुभयो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा सुनसरी ईनरुवा नगरपालिका वडा नं. ६ बस्ने उग्र नारायण चौधरी, ईटहरी उप–महानरपालिका वडा नं. १३ बस्ने नेमलाल, ईटहरी उप–महानरपालिका वडा नं. १२ बस्ने भरत कटवाल, ईनरुवा नगरपालिका वडा नं. ६ बस्ने तिर्थराज अधिकारी, झगरु चौधरी, ईन्देश सरदार, गौरब कोईराला, बालकृष्ण कोईराला, दिनेश पोखरेल सहितका रहनुभएको छ । त्यसैगरी इनरुवा ६ कै अमित कार्की, सुमन बिश्वकर्मा , जिवन तामाङ , गोपाल बहादुर चौहान, राजिव दुलाल, श्रवण कुमार तामाङ र युजिन कोईराला रहनुभएको जिल्ला प्रहरी कार्यालय सुनसरी (अन्वेषण तथा योजना शाखा)ले जनाएको छ । पक्राउपर्नेहरु राजनीतक दलमा आवद्ध भएका नेताहरु समेत रहेको स्रोतको भनाई छ ।
