महिला बलात्कार गर्ने गिरफ्तार
सुनसरी
२०८१ कार्तिक १९ गते । ३० वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं. ९ आहालेका ३० वर्षिय मनबहादुर राईलाई कार्तिक १८ गते गिरफ्तार गरेको छ ।
रातीको समयमा सुनसरी दुहबी नगरपालिका वडा नं. ०३ मा आफ्नी पत्नी धनकुटाको धनकुटा नगरपालिका वडा नं. ०१ हिले बस्ने ३५ वर्षिय सुरज बरैलीले ३० वर्षिया सिता मगरलाई पीडक मन बहादुर राईले जवरजस्ती करणी गरेको भनि मौखिक रुपमा इलाका प्रहरी कार्यालय दुहबीमा उजुरी दिदाँ राईलाई गिरफतार गरेको हो । इप्रका दुहबीका इनिस्पेक्टर सागर तिमिल्सिनाका अनुसार प्रहरी टोलीले पीडक र पीडित दुबै जनालाई इप्रका दुहबीमा ल्याई यौनजन्य स्वास्थ्य परिक्षण वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ ।
