गढी ५ सतैरझाेराका ५० बालबालिकालाई छात्रवृत्ति
सुरेन्द्र कुशुवाहा । गढी
सुनसरीकाे गढी गाउँपालिका ५ सतैरझाेराका चार सामुदायिक विद्यालयको बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृत्ति वितरण गरेको छ ।




गढी गाउँपालिका ५ नम्बर वडा कार्यालयले बालबालिकालाई कपि डटपेन र टि सर्ट हस्तान्तरण गरिएको हो । गढी ५ काे श्री जनता आधारभुत विधालय, सरस्वती आधारभुत विधालय, गगां आधारभुत विधालय,श्री आधारभुत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री र टि सर्ट हस्तान्तरण गरिएको हो। उक्त कार्यक्रममा प्रमुख अथिति गढीका उपाध्यक्ष अनिता कुमारी साह, वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्र कुमार सरदार , वडा सदस्यहरु श्याम कुमार यादव , साम्रि गुरुङ , राधा ऋषिदेव, वडा सचिव श्याम कुमार साह सहितकाले छात्रवृत्ति प्रदान गर्नुभयो ।



वडाका विभिन्न सराेकारबाला, प्रधानाध्यापक , शिक्षक र विधार्थीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियोे ।
गढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्र कुमार सरदारकाे अध्यक्षतामा सम्पन्न भएकोे थियो । उक्त कार्यक्रमको प्रशिक्षण तथा सहजीकरण पत्रकार जयकृष्ण यादवले गर्नुभएको थियो ।

