सुनसरी
२०८१, कार्तिक ३० गते । मंसिर १६ गते हुने आसन्न स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडामा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ । उपनिर्वाचन हुने स्थानीय तह गढी ६ नम्बर वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । उपनिर्वाचन हुने गढी गाउँपालिका ६ नम्बर वडामा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण प्रसाद दाहालले जानकारी दिनुभएको छ । आगामी मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । कार्तिक ३० गते सुनसरीको गढी गाँउपालिका बडानं.–०६ स्थित मंसिर १६ गते हुन लागेको उपनिर्बाचनका लागि वडामा रहेको सामुदयिक भवनमा सुनसरी जिल्ला अदालतका मुख्य न्यायधिस मुकेश उपाध्यायको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिबारी,नेपाली सेनाका सेनानि चन्द्र कुमार आले, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिना, सशस्त्र प्रहरी उपरीक्षक रमेशचन्द्र बज्रचार्य, अनुसन्धानका तुलसी कट्टेल, विभिन्न पार्टीका प्रतिनिधीहरु, स्थानीय पत्रकार र बुद्धीजिबिहरु लगायतको उपस्थिती रहेको थियो । गढी ६ मा मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना भएको र मङ्सिर २ गते मनोनय दर्ता, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।



१, आसन्न स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडामा निर्वाचन अधिकृतका कार्यालय स्थापना गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा