गढी ६ मा मनाेनय दर्ता सुरु
सुनसरीकाे गढी गाउँपालिका ६ नम्बर वडामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मनाेनय दर्ता सुरु भएको छ ।
हालसम्म राप्रपाका बच्चा लाल अरगरिया यादव र स्वतन्त्र उम्मेदवार बन्धुलाल सरबरियाले मनाेनयन दर्ता गराउनुभएकाे छ ।

वडामा ३६२२ जना मतदाताले मतदान गर्नेछ । पुरुष १८७३ र १७४९ महिला गरि ३६२२ जना मतदाताले मतदान गर्नेछ । जिल्लामा हाल पुरुष मतदाता २ लाख ७७ हजार ७६८ र महिला २ लाख ७२ हजार ३६७ र तेस्रो लिंगि २ गरेर कुल ५ लाख ५० हजार १३७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।


पुरुष मतदाता भन्दा महिला मतदाता संख्या कम रहेको छ ।

