इनरुवा नगरपालिकामा लैङिक हिंसा विरुद्धको अभियान सुरु
लैगिंक हिसाँ विरुद्धको दिवशमा र्याली
जयकृष्ण यादव । इनरुवा
इनरुवा,मंसिर १० गते । इनरुवा नगरपालिकामा लैङिक हिंसा विरुद्धको अभियान सुरु भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैगिंक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा सहित सुनसरी सदरमुकाम इनरुवामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको हो । सदरमुकाम इनरुवाको शहिद गेट बस चोकबाट निस्केको एक ¥याली जिल्ला प्रहरी कार्यालय, लोकतान्त्रिक चौक, गोल चौक हुदै शान्ती चौक र इनरुवा नगरपालिकाको प्रागंणमा अन्तरक्रियात्मक सभामा परिणत भएको थियो । ¥यालीमा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, नगरका जनप्रतिनिधिहरु, दलका प्रतिनिधिहरु,जिल्लाका अधिकारकर्मी, शिक्षक, विधार्थी लगायतको सहभागिता रहेको थियो ।




अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागी वत्ताहरुले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले यो अभियान चलाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले इनरुवा नगरपालिका, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको अगुवाईमा सुरु भएको अभियानमा सयौंको संख्यामा सरोकारबालाहरु सहभागि भई सुरुवात राम्रो भएको बताउनुभयो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यकालागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको चर्चा गर्नुहुदै प्रजिअ तिवारीले यसको नारालाई सार्थक पार्न सबैले व्यवहार परिर्वतन गर्न जरुरी रहेको बताउनुयभो । उहाँले हिसाँ नगर्ने र नसहने प्रण गरेको खण्डमा मात्रै यस प्रकारको अभियान सार्थक हुने बताउनुभयो । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३३ वर्ष भइसकेको छ । महिला माथि हुने हिंसा मानव अधिकार हननको सवाल हो भन्ने मान्यता स्थापितगर्दै सोहीअनुरुप कामगर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यो अभियान अन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म समुदाय स्तरदेखि स्थानीय, प्रदेश तथा संघीय स्तरसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ ।



१, इनरुवा नगरपालिकामा लैङिक हिंसा विरुद्धको अभियानको कार्यक्रम अन्तरगत र्र्याली पछिको अन्तरकृयामा सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
