“हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता” भन्ने मुल नाराका साथ मिति २०८१।०८।१० गते देखि २०८१।०८।२५ (नोभेम्बर २५ देखी डिसेम्बर १०) गतेसम्म संचालन हुने लैंगिक हिंसा विरूद्धको १६ दिन अभियान अन्तरगत यस कार्यालय तथा मातहतसमेतबाट मिति २०८१।०८।१० जिल्ला प्रहरी कार्यलय  सुनसरीको आयोजना तथा इनरुवा नगरपालिकाको सहकार्यमा इनरुवा नगरपालिकाका नगर प्रमुख श्री केदार भण्डारी को प्रमुख आतिथ्यमा, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री राम चन्द्र तिवारी, इनरुवा नगरपाललिका उप-प्रमुख विनिता कुमारी मेहता, प्रमुख सेनानि राजन भुजू, जिल्ला प्रहरी कार्यलय प्रमुख प्रउ सुमन कुमार तिम्सिना, स.प्र. बल नेपाल सुनसरीका प्रमुख  स.प्र.उ.सामेनन्द वज्राचार्य, रा.अ.का. सुनसरीका उप.अ.निर्देशन तुलसी कट्टेल, इनरुवा नगरपालिकाका प्र.प्र.अ. डिल्लिराज निरौला, उ. बाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र शाह, गै.स.स. महासंघ नेपाल सुनसरीको अध्यक्ष मेघराज न्यौपाने,जिल्ला,नगर तथा वडा स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जालका पदाधिकारीहरु,विभिन्न महिला हकअधिकार सँग सम्बन्धित   सरकारी तथा गैरसरकारी संघ सस्था का  प्रमुख तथा प्रतिनिधी ज्यूहरु तथा बिभिन्न बिद्यालयहरुका प्र.अ तथा विद्यार्थीहरु  समेत गरी यस कार्यालय तथा मातहत कार्यालय समेतमा गरी ९५० जनाको उपस्थितिमा “लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न गरियो ।