उपनिर्वाचनको चुनावी सरगर्मी बढ्दै
सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ मा मंसिर १६ गते आईतबार हुन लागेको उपनिर्वाचनको चुनावी सरगर्मी बढ्दै गएको छ । विगत र अहिलेको फरक भन्दै उम्मेदबारहरु जनताको घरदैलोमा रहेका छन् । स्थानीयहरूको घरघरमा दैनिक उम्मेदबारहरु भोट माग्नका लागि जाने भएकाले चुनावको माहोल तातेको हो । जिल्लाको एकमात्र सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ मा उपनिर्वाचन हुन लागेकाले वडा अध्यक्षका लागि सहभाउन भन्दै स्थानीय, प्रदेश र केन्द्रीय नेताहरू समेत मत माग्न आउन थालेपछि रौनक अर्कै देखिन्छ । विगतको चुनावमा ८ जना उम्मेदवार थियो भने यसपटकको उपनिर्वाचनमा १२ जना उम्मेदबार चुनावी मैदानमा रहेका छ । अर्थात् झण्डै डेढ गुणा बढी उम्मेदवार भएपछि यसपटकको वडा अध्यक्षमा बाजी कसले मार्ला भन्ने विषयमा अड्कलबाजी सुरु भइसकेको छ तथापि पुरानै दलहरुको आ आफ्नै र नयाँहरुको आ आफ्नै दावी रहेको छ ।
२०७९ को पुरानो अंकगणितको हिसाव हेर्दा नेकपा एमाले निर्वाचित हुँदा तत्कालीन वडा अध्यक्षका उम्मेदवार सदानन्द उराँव झाँगडले ७१२ मत ल्याएर विजय हुनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्दी दोस्रो स्थानमा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका कुशेश्वर खेरवार रहनुभएको थियो । उहाँले ४२४ मत प्राप्त गर्नुभएको थियो । तेस्रोमा रहेको नेपाली कांग्रेसले ४१६ मत पाउँदा चौथोमा रहेको जनता समाजवादी पार्टीले ३५६ मत प्राप्त गरेको थियो । त्यसैगरी पाँचौमा रहेको जनमत पार्टीले २२४ मत प्राप्त गरेको थियो । त्यसैगरी छैठौमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले १२३ मत ल्याउँदा नेपाली कांग्रेस बीपीका उम्मेदवार ३ मत प्राप्त गर्नुभएको थियो । त्यसबेला नेकपा एकीकृतबाट रहनुभएका डोमी उराँव अहिले नेकपा एमालेलाई समर्थन गर्ने र एमालेमै प्रवेश गर्नुभएको छ । त्यसैगरी सुरज कुमार चौधरी बीपी कांग्रेसबाट हुनुहुन्थ्यो उहाँले ३ मत प्राप्त गर्दा स्वतन्त्रको रुपमा रहनुभएको तेतर साहले शुन्य मत पाउनुभएको थियो । यसरी ८ जना उम्मेदवारमा प्रतिस्पर्धा हुँदाखेरिको अवस्थामा नेकपा एमालेका उम्मेदवार सदानन्द उराव झाँगडले आफूले ७१२ मत पाउँदाखेरि प्रतिपक्षमा अर्थात् दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ४२४, जनता समाजवादी पार्टीले ३५६ र एकीकृत समाजवादीले १२३ मत प्राप्त गरेको थियो जुन मतको कुल अंक भार ९०३ पुग्छ । नेकपा एमालेका वडाध्यक्ष सदानन्द उराँवको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर यादव खेरवार भने अहिले मैदानमा हुनुहुन्छ । उहाँको अङ्कभार हेर्दाखेरि माओवाली, जसपा र नेकपा (ऐस) तीनवटै पार्टीको गठबन्धनको इमान्दारीपूर्वक मत आएको खण्डमा अहिले ९०३ मत प्राप्त गर्ने देखिन्छ । गत चुनावमा स्वतन्त्र रहनुभएको तेतर साह अहिले नेपाली कांग्रेसबाट हुनुहुन्छ भने दोस्रोमा रहनुभएको कुशेश्वर खेरवार नेकपा माओवादी केन्द्रबाटै फेरि उम्मेदवार हुनुभएको छ । बाँकी रहेका सबै नयाँ प्रतिस्पर्धीहरु देखिएका छन् । अहिलेको निर्वाचनमा नेपाली कांग्रेसले विगतको ४१६ मतलाई जोगाएर जित्न झन्डै सोही बराबरको थप मत ल्याउनुपर्ने अवस्था देखिन्छ । गत निर्वाचनमा भाग लिएको पार्टीमध्ये नेपाली कांग्रेस बीपी यसपटकको निर्वाचनमा भाग लिएको छैन भने थप भएको पार्टीहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल र रास्वपा समेत चुनावी मैदानमा देखिन्छ । सो सँगसँगै थप संघीय लोकतान्त्रिक पार्टी मञ्च, समावेशी समाजवादी पार्टी नेपाल लगायतको पार्टी पनि मैदानमा छ ।
सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ मा हुन लागेको स्थानीय तहको उपनिर्वाचनको लागि सो वडामा १८७३ पुरुष र १७४९ महिला गरी कुल ३६२२ जना मतदाताले मतदान गर्ने छन् । यस मतदाताहरुले आफ्नो भाग्य र भविष्यको आफै कोर्ने अवस्था देखिन्छ ।
मंसिर १६ गते हुन लागेको गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्ष पदका लागि गोलाकारभित्र हसिया हथौडा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार हुनुहुन्छ भने सूर्य छाप भएको नेकपा एमालेका उम्मेदवार सन्तु उरांव हुनुहुन्छ । त्यसैगरी रुखछाप भएको नेपाली कांग्रेसका तर्फबाट तेतर साहु रहनुभएको छ ।
त्यसैगरी चुनाव चिन्ह हल्लो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविता उराँव रहनुभएको छ । त्यसैगरी पीद भएको सदा ढकिया छाप भएको नागरिक उन्मुक्ति पार्टीका तर्फबाट तेजनारायण मुसहर, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चुनाव चिन्ह तिर भएको बचालाल अरगरिया रहनुभएको छ । त्यसैगरी त्यसैगरी चुनाव चिन्ह भित्ते घडी रहेको समावेशी समाजवादी पार्टी नेपालका तर्फबाट योगनारायण ऋषिदेव उम्मेदवार रहनुभएको छ । त्यसैगरी दापसहितको खुकुरी भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजो देवी ऋषिदेव रहनुभएको छ । त्यसैगरी अर्ना स्वतन्त्र चुनाव चिन्ह भएको रामनारायण यादव रहनुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन घन्टीबाट शशी कुमार साहू र जनमत पार्टीको लाउड स्पिकर चुनाव चिन्हबाट सिताराम यादव रहनुभएको छ । त्यसैगरी हात निकालेको स्वतन्त्र उम्मेदवार श्यामदेव मेहता रहनुभएको छ ।
अहिले दैनिक जसो ठूलादेखी साना तलका शिर्ष नेताहरु समेत वडा अध्यक्षका उम्मेदबारको पक्षमा भोट माग्न आउन थाल्नुभएकोले गढी राजनीतिक दलका नेतामय बनेको छ । नेपाली काग्रेंसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, केन्द्रिय सदस्य राजिव कोईराला सहितको उपस्थितीले काग्र्रेंसका उम्मेदबार उत्साहित बनेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल बराह, नेता शिव डागी, सरस्वती पोखरेल, सन्तोश थारु, रामकुमारी चौधरी सहितको उपस्थितीले माओवादीका उम्मेदबार उत्साहित बनेका छन् । त्यसैगरी एमालेका पूर्वमन्त्री भगवती चौधरी, भिम प्रसाद आचार्य, प्रदेश सभा सदस्य रामदेव यादव सहितको उपस्थितीले एमालेका उम्मेदबार उत्साहित बनेका छन् ।
राप्रपाका अध्यक्ष कुमार लिंदेन, नेता ज्ञानेन्द्र साही सहितको सहितको उपस्थितीले राप्रपाका उम्मेदबार उत्साहित बनेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितको सहितको उपस्थितीले राप्रपा नेपालका उम्मेदबार उत्साहित बनेका छन् । रास्वपाका केन्द्रिय नेताहरु, जनमत पार्टीका अध्यक्ष सिके राउत सहितको उपस्थितीले ती पार्टीका उम्मेदबार उत्साहित बनेका छन् ।
