सुनसरी
२०८१ मंसिर १४ गते । सुनसरीकाे गढी गाउँपालिका ६ काे उप निर्वाचनमा भाग लिएको पार्टीहरुले माैन अवधिमा पनि प्रचारप्रसार गरेको र राखेको प्रचारप्रसार  सामग्री नहटाएकाे पाईएकाे छ ।

इन्सेकले गरेको अनुगमनका क्रममा मंसिर १३ गते राति १२ बजेबाट सुरु भएको माैन अवधिमा पनि प्रचारप्रसारकाे बेवास्ता गर्दै जनमत पार्टीका उम्मेदवार सिताराम यादवले  भाेट मागेको पाईएकाेछ । त्यसैगरी नेपाली काग्रेस , नेकपा एमाले, राप्रपा र रास्वपा सहित चार पार्टीले प्रचार  सामग्री नहटाएकाे पाइएको छ । राप्रपा नेपालका बच्चालाल अरगरिया यादवले डिहबार थान मन्दिरमा प्रचार सामग्री राखेको र मंसिर १४ गते साझसम्म माैन अवधिमा पनि प्रचारप्रसार सामग्री नहटाएकाे पाईएकाे हो ।


यश वडामा नेपाली कांग्रेस, एमाले , नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी , राप्रपा नेपाल , राप्रपा, नागरिक उन्मुक्ति पार्टी,  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , समावेशी समाजवादी  पार्टी र  जनमत पार्टी चुनावी मैदानमा रहेको छ ।


मंसिर १६ गते सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ मा हुन लागेको स्थानीय तहको उपनिर्वाचनको लागि यस वडामा १८७३ पुरुष र १७४९ महिला गरी कुल ३६२२ जना मतदाताले मतदान गर्ने  भएका छन्।


मंसिर १६ गते हुन लागेको गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्ष पदका लागि गाेलाकार भित्र हसिया हथौड़ा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार हुनुहुन्छ भने सूर्य छापबाट नेकपा एमालेका उम्मेदवार सन्तु उरांव हुनुहुन्छ। त्यसैगरी रुखछाप भएको नेपाली कांग्रेसका तर्फबाट तेतर साहु रहनुभएकाे छ । त्यसैगरी चुनाव चिन्ह हल्लो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविता उराँव रहनुभएको छ ।  त्यसैगरी पीद भएको सदा ढकिया नागरिक उन्मुक्ति पार्टीका तर्फबाट तेजनारायण मुसहर, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चुनाव चिन्ह तिर भएको बचालाल अर्गरिया रहनुभएको छ। त्यसैगरी त्यसैगरी चुनाव चिन्ह भित्ते घडी रहेको समावेशी समाजवादी पार्टी नेपालका तर्फबाट योगनारायण ऋषिदेव उम्मेदवार रहनुभएको छ। त्यसैगरी दापसहितको खुकुरी भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजो देवी ऋषिदेव रहनुभएको छ। त्यसैगरी अर्ना स्वतन्त्र चुनाव चिन्ह भएको रामनारायण यादव रहनुभएको छ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन घन्टीबाट शशी कुमार साहू र जनमत पार्टीकाे लाउड स्पिकर चुनाव चिन्हबाट सिताराम यादव रहनुभएको छ। त्यसैगरी हात निकालेको स्वतन्त्र उम्मेदवार श्यामदेव मेहता रहनुभएकाे छ । 


फाेटाेमा


१, नेपाली कांग्रेस र एमालेले विधुत पाेलमा माैन अवधिमा पनि प्रचारप्रसार सामग्री नहटाएकाे अवस्था ।


२, रास्वपाले माैन अवधिमा पनि सडक छेक्ने गरि ताेरण सहितको प्रचारप्रसार सामग्री नहटाएकाे अवस्था ।


३, माैन अवधिमा राप्रपा नेपालका बच्चालाल अरगरिया यादवले डिहबार थान मन्दिरमा प्रचार सामग्री राखेको र मंसिर १४ गते साझसम्म माैन अवधिमा पनि प्रचारप्रसार सामग्री नहटाएकाे अवस्था ।


४, इन्सेक प्रतिनिधिले माैन अवधिमा अनुगमन गर्दै ।