जयकृष्ण यादव । गढी

सुनसरीकाे गढी गाउँपालिकामा मंसिर १६ गते सम्पन्न भएको मतदानकाे मतगणना सुरु भएको छ । सुरु भएको मतगणना अनुसार ९०० मत गन्दा गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्ष पदका लागि
रुखछाप भएको नेपाली कांग्रेसका तर्फबाट तेतर साहुले २८२ मत प्राप्त गर्नुभएकाे छ। सूर्य छापबाट नेकपा एमालेका उम्मेदवार सन्तु उरांवले २६४ मत प्राप्त गर्नुभएको छ।
यसैगरी हसिया हथौड़ा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले २४९ मत पाउदा ,
त्यसैगरी चुनाव चिन्ह हल्लो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविता उराँवले ४० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी पीद भएको खुकुरी ४, ढकिया नागरिक उन्मुक्ति पार्टीका तर्फबाट तेजनारायण मुसहरले २, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चुनाव चिन्ह तिर भएको बचालाल अर्गरियाले ३ मत रहनुभएको छ। त्यसैगरी त्यसैगरी चुनाव चिन्ह भित्ते घडी रहेको समावेशी समाजवादी पार्टी नेपालका तर्फबाट योगनारायण ऋषिदेवले ७ प्राप्त रहनुभएको छ। त्यसैगरी दापसहितको खुकुरी भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजो देवी ऋषिदेव ४ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी अर्ना स्वतन्त्र चुनाव चिन्ह भएको रामनारायण यादवले १ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन घन्टीबाट शशी कुमार साहूले १८ मत र जनमत पार्टीकाे लाउड स्पिकर चुनाव चिन्हबाट सिताराम यादवले १० मत प्राप्त गर्नुभएको छ। त्यसैगरी हात निकालेको स्वतन्त्र उम्मेदवार श्यामदेव मेहताले १ मत भएकाे छ । बदर मत १७ रहेको छ ।