माेटरसाईकल चाेरी
आज दिउँसो ३ बजेकाे समयमा इनरुवा नगरपालिका ९ बबियामा जसलाल यादवकाे नयाँ घर निर्माणका लागि काम गर्दै आउनुभएको रन्जित सरदारको काे १५ प ४९६१ नम्बरको माेटरसाईकल चाेरी भएको छ ।


पहिलोपटक घर अागनबाटै माेटरसाईल चाेरीकाे कुरा दुखद घटना भएको प्रतिक्रिया दिनुभयो ।

माेटरसाईकल धनी सरदारले प्रहरी प्रशासन, स्थानीय र सबैलाई खाेजि गरिदिनु हुन विनम्र अनुरोध गर्नुभएकाे छ ।
गरिब, श्रमिक र मजदुरलाई नै पीडा दिने चाेरकाे खाेजी गर्नुपर्ने र चाेरिएकाे माेटरसाईल फिर्ता ल्याउन पहलका लागि अपिल गरेको घर धनी यादवले बताउनुभयो ।
