जयकृष्ण यादव । इनरुवा
इनरुवा,मंसिर २० गते । इनरुवा नगरपालिकाले‘विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने मुल नारा सहित विहीबार २१ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
सुनसरी जिल्लाको सदरमुकाम इनरुवा सहित जिल्लाभरी बिभिन्न कार्यक्रम गरि महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।

इनरुवा नगरपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा इनरुवा ४ को बसचौक, शहिद गेटबाट र्र्याली निकालि जिल्ला प्रहरी कार्यालय, लोकतान्त्रिक चौक, शान्ती चौक हुदै नगर परिक्रमा सहित नगरपालिकाको सभा हलमा अन्तरकृया गरेको छ ।


नगर प्रमुख केदार भण्डारीको नेतृत्वमा नगरका ९८ जना महिला स्वास्थ्य स्वयंसेविका र १० वटै वडाका स्वास्थ्य चौकी, शाखा र सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागितामा र्र्याली निकालि नगर परिक्रमा सहित नगरपालिकाको सभा हलमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको स्वास्थ्य शाखाका सन्तोश देवले जानकारी दिनुभयो । दिवशमा आयोजना गरिएको कार्यक्रममा हरेक वर्ष जेष्ठता र कार्य सम्पादनका आधारमा स्वास्थ्य शाखाको सिफारिस भएर आउनुभएको इनरुवा १० की महिला स्वास्थ्य स्वयंसेविका मञ्जुदेवी गुप्तालाई नगरका प्रमुख केदार भण्डारी, वडा अध्यक्ष अनिल पोखरेल, रमेश श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले सम्मान गर्नुभएको हो ।


दिवसको अवसरमा स्थानीय सरकारले उल्लेखनीय योगदान पु¥याएका उत्कृष्ट स्वयंसेविका गुप्तालाई पाउजु, प्रसंशा पत्र, दोसल्ला सहितले भण्डारीले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख भण्डारीले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरघर, टोलटोलमा नगरको प्रतिनिधित्व सहितको उपस्थिति देखाउनुभएको भन्दै प्रशंसा गर्नुभयो ।


यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । सरकारी तथ्यांक अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगरका हरेक वडामा कम्तीमा पाँचजना महिला स्वास्थ्य स्वयंसेविका गरी ५२ हजार बढी महिला स्वयमसेविका कार्यरत छन् । स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।
प्रमुख भण्डारीले स्थानीय सरकार नागरिकको घरआँगनको सरकार भएकोले नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्ने आधारभूत स्वास्थ्य सेवा दिन आग्रह गर्नुभयो । उहाँले कोभिड १९ जस्तो महामारी नियन्त्रणको अभियान लिएर होस, तपाईँहरू स्वस्थ समाज निर्माण गर्न घरघरमा पुग्नु भएको छ, तपाईँहरूको यो योगदान अतुलनीय छ । भन्दै प्रसंशा गर्नुभयो ।
समाजका घरघर, टोलटोलभित्र स्वास्थ्यको पहुँच पु¥याउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम रहेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत निरौलाले महामारीजस्तो कठिन समयसँग जुध्नका लागि स्वयम सेविकाहरुको क्रियाशीलताले समस्या व्यवस्थापनमा उल्लेखनीय टेवा पुगेको बताउनुभयो । इनरुवा नगरपालिकामा स्वयमसेविकाहरुको क्षमता विकाससगैं बार्षिक चाडपर्व खर्च एक मुस्ट १० हजार रुपियाँ प्रदान गर्दै आएको निरौलाले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखाका निखिल पोखरेल, सन्तोश देव, मिश्रीलाल मेहता, स्वास्थ्यकर्मी श्यामसुन्दर मेहता, सेभ द अर्थका उपाध्यक्ष विष्णु थापा मगर, पत्रकार तथा अधिकारकर्मी जयकृष्ण यादव, स्वयमसेविका निर्मला तिम्सिना, सामीका धिरज भट्टराई सहितको उपस्थिती रहेको थियो ।


१, सुनसरीको इनरुवा नगरपालिकामा विहीबार २१ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा निकालिएको र्यालीमा सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा