टिप्परको ठक्करबाट एकजनाको मृत्यु,
जयकृष्ण यादव । इनरुवा
इनरुवा,मंसिर २२ गते । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगज गाउँपालिका वडा नम्बर – ७ का ४५ वर्षिय झल्लु उराँवको घटना स्थलमै मृत्यु भएको हो ।

घुस्कीबाट हरिनगरा बजार तर्फ सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गईरहेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट उरांवको घटनास्थलमै मृत्यू भएको प्रत्यक्षदर्शी ब्रहमदेव मेहताले जानकारी दिनुभयो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार टिप्पर चालकले उराँवलाई ठक्कर दिएपछि पुनः पछाडि घुमाएर किचेर मारेको आरोप लगाएका छन् । घटनापछि हरिनगरा बजार क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीको सकृयतामा पीडित पक्षलाई सम्झाईबुझाई गर्ने काम भएको र बाटो खुलाउने काम भएको प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जनाकारी दिनुभयो । आक्रोषित स्थानीयको भिडलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको समेत उहाँले जानकारी दिनुभयो । प्रहरीले समन्वयमित भएर बार्ताको माध्यमबाट समस्या समाधानको प्रयास गरेको जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार घटनामा संलग्न टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुशंधान सुरु गरेको छ । घटनाको कारणले स्थानीय आक्रोषित भएकोले थप सुरक्षाकर्मी बोलाईएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ ।
