सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सप्तकोसी न्यूरो अस्पतालका अध्यक्ष रामबाबु गिरिका सहायक ३५ वर्षिय सम्राट कराखेतीलाई मंसिर २३ गते  प्रहरीले गिरफ्तार  गरेको छ। मंसिर २२ गते राति खुकरी देखाएर कुर्वा तथा सर्वसाधारणलाई आतंकित वनाएको आरोपमा उनलाई गिर्फतार गरेकाे हो।
मंसिर २० गते राति भोक्राहा नरसिंह गाउँपालिका–५ का ४५ वर्षिय याकुव मियाँको उपचारको क्रममा मृत्युु भएको विषयमा मंसिर २३ गते छलफल बोलाईएको थियो। छलफलमा सहमति ननिस्किएपछि मृतकका आफन्तलगायतले अस्पताल घेराउ गरेका थिए।
सोही समयमा कराखेतीले खुकुरी नचाउँदै निस्किएपछि अवस्था तनावग्रस्त भएको थियो। सोही प्रकरणमा कराखेतीलाई पक्राउ गरिएको सुनसरीका डिएसपी रामप्रसाद तिमिल्सिनाले  जनाएको छ। शान्ति सुरक्षामा असर पारेकाले पिडित पक्षकाे निवेदनका आधारमा प्रक्रिया अगाडि बढाउने तिमिल्सिनाले जानकारी दिनुभयो ।