मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा, सुनसरीमा १४८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना
इनरुवा, मंसिर २४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गरेका थिए ।
प्रस्तुत गरीएको अभिलेखिकरण अनुसार बलात्कारका ७४ वटा, बलात्कार प्रयास १४, मानव बेचबिखन तथा ओसार पसारका तीन, बहुबिवाह २५, आत्महत्या दुरुत्साहन एक, बाल यौन दुरुपयोगका दश, हत्याका १२, घरेलु हिंसा मुद्दाका ११ गरी १४८ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।


नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्ला अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेक प्रतिनिधिले अभिलेखीकरण गरेका १४८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि छलफल गरिएको हो । सो अवधिमा अभिलेखीकर गरिएका सामाजिक तथा साँस्कृतिक अधिकारका एक, सरकारी कार्यालयमा तोडफोड दुई र सार्वजनिक बसमा क्षतिको घटना एक ओटा घटना अभिलेखीकरण गरिएको छ ।
त्यसमा कारागारमा मृत्यु एक, सरकारी सम्पतीमा तोडफोडमा दुई समुदायको बीचको विवादले उग्र रुप लिएपछि हरिनगर गाउँपालिकाको कार्यालयमा तोडफोड र बाढी पीडितलाई राहतको विषयमा विभेद गरेको आरोपमा आन्दोलनमा उत्रेकाहरुले भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयमा तोडफोड गरेको समिक्षामा छलफल गरेको थियो ।
पत्रकारलाई धम्कीका पाँच वटा घटना भएको छ । समाचार लेखेको भन्दै पत्रकार कृष्ण भट्टराईलाई इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले, पत्रकार रविन्द्र यादवलाई काग्रेंसको कार्यकर्ताले, तजमुल हुसेनलाई भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिले, गोपाल दाहाल र जनकऋषि राईलाई धरानका प्रमुख हर्क संपाग राईले धम्की दिएको अभिलेखिरकण गरिएको छ ।
बालबालिका माथि कुटपिटका दुई वटा घटना भएको छ । सडकमा सवारी आगजनी अन्तरगत इटहरीमा एक सार्वजनिक बसमा आगजंनी, हरिनगरमा टिपरमा आगजनी प्रयास गरेको उल्लेख गरेको छ ।
कार्यक्रममा मानव अधिकार सञ्जालका राजकुमार शर्माले बढ्दो लागु पदार्थ दुव्र्यसन, प्रविधिबाट सामाजिक सञ्जालबाट साइवर अपराध र सोही माध्यमबाट यौन हिंसाका घटना हुने भएकाले त्यसको अभिलेखीकरण गर्न इन्सेकलाई सुझाव दिनुभयो ।
समीक्षामा सहभागी रामधुनी नगरपालिका २ का वडा अध्यक्ष रामनारायण चौधरीले जलवायु परिवर्तनका कारण मानवमा परेको असर लगायतका बारेमा सूचना संकलन गर्नुपर्ने सुझाव दिनुभयो । सचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्ने मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराईले सुझवा दिनुभयो । सहभागी सरोकारबालाहरुले जलवायुलाई मानव अधिकारमैत्री ढङ्गले हेर्न र कार्यक्रम सञ्चालन गर्न इन्सेकलाई सुझाव दिएका छन् ।
१, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा भएको नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रमका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
