जयकृष्ण यादव । इनरुवा
नेपाल धानुक समाज, सुनसरीको तेश्रो जिल्ला अधिवेशनबाट बनेको निर्वाचन मण्डलका संयाेजक पञ्चनारायण मण्डलले एकलौटी र
अनियमितता गरेर  जिल्ला कार्य समिति निर्वाचित गरेको भन्दै विरोध भएको छ । नेपाल धानुक समाज, सुनसरीको तेश्रो जिल्ला अधिवेशनकाे नयाँ नेतृत्व चयन गर्न बनेको निर्वाचन मण्डलका चार सदस्य र उम्मेदवारी दिएकाहरुलाई समेत थाहा जानकारी नदिई चाेरबाटाेबाट एकलौटी गरेको भन्दै पत्रकार समेलन गरेर विरोध गरेको हो ।

मंगलबार इनरुवामा नेपाल धानुक समाज, सुनसरीको कार्यालयमै पत्रकार समेलन गरेर वितरण गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, , नेपाल धानुक समाज, सुनसरीको तेश्रो जिल्ला अधिवेशनबाट निर्वाचन गराउनु पर्ने शिलशिलामा यस निर्वाचन समितिमा ५ जना रहेकोमा हामी तपसिलका व्यक्तिहरु सदस्य रहेकोमा संयोजक पंचनारायण मण्डलले हामी सदस्यहरुलाई थाहा नदिइकन एक्लै मिति २०८१/०८/२४ गते एक्लौटी आफ्‌नो मनोमानी ढंगले निर्वाचन प्रक्रियालाई वास्ता नै नगरी नेपाल धानुक समाजको केन्द्रीय विधान विपरित प्रमाण-पत्र वितरण गरेको कुरा सामाजिक सञ्जाल (फेसबुक) बाट जानकारी भएकोले सो प्रमाण-पत्र वितरण नेपाल धानुक समाजको केन्द्रीय विधान, निर्वाचन प्रक्रियाको र लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यताको विपरित कार्य गरेको हुनाले सो कार्यको घोर भत्र्सना गर्दै नियम विपरित प्रमाण-पत्र वितरण गरेकोलाई बिरोध गर्दै निजहरुलाई संयोजक पंचनारायण मण्डलले दिएको प्रमाण-पत्र बदर गर्दै यो प्रेस विज्ञप्ती निकालिएको छ । उक्त विज्ञप्तिमा निर्वाचन समिति सदस्य सबुलाल मण्डल , गंगाराम मण्डल, बुधनारायण मण्डल र शिवशंकर मण्डलले सन्तुष्टि सहित निर्वाचन समिति सदस्यकाे तर्फबाट प्रेस-विज्ञप्तीमा हस्ताक्षर गर्नुभएको छ । यसैबीच उम्मेदवारी दिएकाहरुले समेत एकलौटी गरेको भन्दै पञ्च नारायण मण्डलकाे विरोध गरेको छ । उनिहरुले पनि विज्ञप्ति जारी गरेर नेपाल धानुक समाज, सुनसरीको तेश्रो जिल्ला अधिवेशनबाट निर्वाचन गराउनु पर्ने शिलशिलामा यस निर्वाचन समितिमा ५ जना रहेकोमा ४ जना सदस्यहरुलाई वेवास्ता गर्दै संयोजक पंचनारायण मण्डलले हामी तपसिलका उम्मेदवारहरुलाई थाहा नदिइकन एक्लै मिति २०८१/०८/२४ गते एक्लौटी आफ्‌नो मनोमानी ढंगले निर्वाचन प्रक्रियालाई वास्ता नै नगरी अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पद सर्वसम्मत चयन हुन नसकी विवादित रहेकोमा बारम्बार हामी तपसिलका उम्मेदवारहरुले निर्वाचन प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दा २-४ दिन पर्खन भन्दै आलटाल गरी हिजो गोप्य ढंगले सार्वजनिक भेला नगरी नेपाल धानुक समाजको केन्द्रीय विधान विपरित आफ्‌ना निकटका सिमित व्यक्तिहरुलाई प्रमाण-पत्र वितरण गरेको कुरा सामाजिक सञ्जाल (फेसबुक) बाट जानकारी भएकोले सो प्रमाण-पत्र वितरण नेपाल धानुक समाजको केन्द्रीय विधान, निर्वाचन प्रक्रियाको र लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यताको विपरित कार्य गरेको हुनाले सो कार्यको घोर भर्त्सना गर्दै हामी तपसिलका उम्मेदवारहरुले निर्वाचन समिति मार्फत् निर्वाचन प्रक्रिया अगाडि बढाई नेतृत्व चयनको लागि जोडदार माग गर्दछौं । भनेको छ ।


विज्ञप्ति जारी गर्ने  उमेदवारहरुमा वर्तमान अध्यक्ष रामफल मण्डल धानुक, अध्यक्षका उम्मेदवार रमानन्द मण्डल धानुक, बस्नेत मण्डल धानुक
उपाध्यक्षका उमेदवार नेहा मण्डल धानुक, आकाश मण्डल धानुक, सचिवका उमेदवार रविन्द्र मण्डल धानुक, काेषाध्यक्ष मञ्जु देवी मण्डल धानुक र सदस्य दशरथ मण्डल रहनुभएकाे छ ।यता निर्वाचन संयाेजक पञ्च नारायण मण्डललाई फाेन सम्पर्क गर्दा सम्पर्क हुनसकेन ।