वृत्ति मार्गनिर्देशन शिक्षक पूनर्ताजगी सम्बन्धि तालिम सुरु
काेशी प्रदेशका तीन स्थानीय तहका शिक्षकका लागि वृत्ति मार्गनिर्देशन शिक्षक पूनर्ताजगी सम्बन्धि तालिम सुरु भएको छ । शिक्षा तालिम केन्द्र सुनसरीकाे आयोजना तथा हेल्भेटास नेपालकाे प्राविधिक सहयोगमा धनकुटा , सुनसरी र माेरंगकाे तीन स्थानीय तहमा शिक्षकहरुका लागि तालिम दिन सुरु गरेको हो ।

तालिममा विगतमा सिकेको कुराहरू कार्यान्वयन गर्दा भाेगेकाे समस्या समाधान र समय व्यवस्थापन लगायतका विषयमा थप जानकारी दिदै प्रशिक्षण दिईरहेकाे जनाएको छ ।

वृत्ति मार्गनिर्देशन शिक्षक पूनर्ताजगी सम्बन्धि तालिममा प्रशिक्षक वीरेन्द्र यादव, साेममणी काेईराला र रुद्र पाेखरेलले प्रशिक्षण दिईरहनुभएको छ ।


उता फरक प्रसंगमा स्वीस सरकार विकास सहयोग एसडीसीले विद्यार्थी युवाहरुलाई आफ्नो रुचि, खुबी र क्षमता अनुसार वृत्ति छनौट गर्न, उपयुक्त कलेज, विश्वबिद्यालय छनौट गर्न र विभिन्न प्राविधिक तालिमहरुको बारेमा व्यवस्थित रुपमा परामर्श सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कोशी प्रदेशद्वारा शिक्षा तालिम केन्द्र इनरुवा सुनसरीमा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र संचालनमा ल्याएको छ । यस केन्द्रवाट उपलब्ध हुने सेवाहरुमा विधार्थी/युवाहरुलाई वृत्ति, सीप, शिक्षाको संसार र कामको संसार, जीवनपर्यन्त सिकाई, सामान्य शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको वारेमा परामर्श सेवा , विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यकम प्रभावकारीताको लागि आवश्यक मार्गनिर्देशन तथा प्राविधिक सहयोग, सामुदाविका तथा निजी विद्यालयका शिक्षकहरु वृत्ति मार्गनिर्देशन शिक्षक तालिम, अभिमुखीकरण र पुनर्ताजगी तालिम, अभिभावकहरूलाई उपलव्य वृत्ति विकल्पका अवसरहरू र यसको महत्वको बारेमा अभिमुखीकरण, रोजगारीको खोजीमा रहेका युबाहरुलाई रोजगारी र कामको संसार बारे परामर्श तथा जानकारी ।


वृत्ति/ पेशा संग सम्बन्धित चुनौति, अवरोधहरुलाई व्यवस्थापन गर्न रणनैतिक योजनाको सागि परामश सेवा, वायोडाटा लेखन, अन्तर्वार्ता तयारी, संचार सीपहरू, र जागिरको लागि आवेदन प्रक्रियाहरू सहित प्रभावकारी जागिर खोजी प्रविधिहरू वारे सेवा, अनलाइन र भौतिक रुपमा विद्यार्थी युबाहरुको साइकोमेट्रिक परिक्षणको माध्यमबाट वृत्ति छनौट र परामर्श सेवा , वृत्ति मार्गनिर्देशन तथा रोजगार मेत्ता आयोजना , व्यक्तिगत र सामुहिक रुपमा वृत्ति मार्गनिर्देशन/ परामरा सेवा , टेलिफोन वा इमेतको माध्यमवाट परामर्श सेवा रहेको छ ।

प्रशिक्षणमा रहनुभएका साेममणी काेइरालाका अनुसार थप जानकारीको सामाजिक विकास मन्त्रालय कोगी प्रदेश,शिक्षा तालिम केन्द्र, इनरुवा, सुनसरी सम्पर्क न. ९८५२०५९००७ रहेको छ । वृत्ति परमर्शकर्ता रुद्रमणि पोखरेल मोबाइल न. ९७०२६८०१६१ रहेको छ । प्राविधिक सहयोग HELVETAS NEPAL रहेको छ ।
