मानवअधिकार दिवसको अवसरमा मैनवती प्रज्वलन
ममता कुमारी यादव । सुनसरी
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा सुनसरीकाे इनरुवामा मैनवती प्रजवलन गरिएको छ ।

हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउदै आएकोमा सुनसरी सदरमुकाम इनरुवामा मानवअधिकार सञ्जाल सुनसरी , अनाैपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सहित विभिन्न संघसंस्थाले संयुक्तरूपमा मैनवती प्रजवलन गरिएको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । मैनवती प्रजवलन कार्यक्रममा मानवअधिकार सञ्जाल सुनसरी संयाेजक रमेश भट्टराई, अनाैपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादव, अधिकारकर्मी नविनचन्द साह, ताेया गिरी, धनिकलाल मेहता, स्वास्थ्यकर्मी हिरा साह, देवनारायण साह, शिक्षक ज्ञानु यादव , अर्चना यादव,रेनु मण्डल , पत्रकार इकवाल अहमद सहित विभिन्न संघसंस्थाका प्रतिनिधिले संयुक्तरूपमा मैनवती प्रजवलन गरिएको थियो ।


मानवअधिकार दिवस तथा लैंगिक हिसां विरुद्ध १६ दिवसिय कार्यक्रम समापनमा सुनसरी अनाैपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जयकृष्ण यादवले बधाई तथा शुभकामना सहित मानवअधिकार हनन तथा उलंघन भएको विभिन्न विवरण प्रस्तुत गर्नुभएको थियो । यादवले सहभागी संघसंस्थालाई र प्रतिनिधि तथा पत्रकारहरुलाई धन्यवाद दिनुभयो । संयुक्तरूपमा मैनवती प्रजवलन गरिएको विषयमा स्थानीयले चासो देखाएको थियो ।

उता कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिंदै आइएको छ । ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो । यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ ।


मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर लाग्नुभएका व्यक्ति वा संस्थाहरूको अनुरोधमा वार्षिक रूपमा प्रदान गरिँदै आएको पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

आवश्यक अध्ययन र तयारी गरेर पुरस्कारको व्यवस्थालाई नियमित गर्ने विश्वास मन्त्रालयले दिलाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कोमलबहादुर खत्रीले जानकारी दिनुभयाे ।


मानव अधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० का दिन मनाइन्छ । सन्१९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ । सन् २०१८ को नारा दिगो विकास र मानव अधिकार मूल आधार भन्ने रहेको । यो मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर मनाउने गरिन्छ । यो घोषणापत्र सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको घोषणापत्र हो ।
