सुनसरीमा विभिन्न मुद्दाका फरार ९२ जना पक्राउ
जयकृष्ण यादव । इनरुवा
इनरुवा , मंसिर २६ गते । सुनसरीमा विभिन्न मुद्दाकाे फैसला भई फरार रहेका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियानको रूपमा फैसला कार्यन्वयनको कार्यलाई प्राथमिकता दिएर कार्य गरिरहेको अवस्थामा विभिन्न मुद्दाका फरार ९२ जनालाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनको सिलसिलामा मंसिर १ गतेदेखि २५ गते सम्ममा २५ दिनभित्रै विभिन्न मुद्दाका फरार ९२ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी तथा अन्य प्रहरी कार्यालय समेतबाट विभिन्न मुद्दाका फरार ९२ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । सुनसरी जिल्ला अदालतबाट फैसला भएको मुद्दामा फरार रहेका ९२ जना फरार प्रतिवादहरूलाई खोजतलास गरी नियन्त्रणमा लिई अदालतमा दाखिला गरिएको छ। जिल्लामा २५ दिनको अबधिमा ९२ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराइएको छ। आगामी दिनमा समेत फैसला कार्यन्वयनलाई तिव्रताको साथ कार्यान्वयनमा लगिने जनाएको छ।
