जयकृष्ण यादव । इनरुवा
इनरुवा , मंसिर २९ गते । नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । संघको
कोशी प्रदेशको दोस्रो अधिवेसनकाे नेपाली कांग्रेस केन्द्रिय उप-सभापति तथा पूर्व रक्षा मन्त्री पूर्ण बहादुर खड्‌काले उद्धघाटन गर्नुभयो । अधिवेशनको प्रमुख आतिथि रहनुभएका खड्काले नेपाली कांग्रेस सबै नेपालीको पार्टी भएकोले मुस्लिम समुदायलाई सम्बाेधन र सम्मान गर्न संघलाई भातृ संस्थाकाे रुपमा राखेको बताउनुभयो । उहाँले नेपालकाे राजनीति परिवर्तनमा नेपाली कांग्रेससंगै मुस्लिमहरुकाे याेगदान रहेकोले संघलाई पार्टीले भातृ संस्थाकाे रुपमा विकास गरेको बताउनुभयाे । फरक प्रसंगमा अहिलेकाे एमाले र कांग्रेसकाे गठबन्धन नेपाली राजनीतिकमा आवश्यक भएकोले बनेको चर्चा गर्नुभयो । उहाँले गठबन्धनका तर्फबाट नेपाली जनताको हित र विकासका लागि काम गरिरहेकाे बताउनुभयो ।
प्रदेश कार्य समितिकाे अधिवेशन प्रदेश सभा सदस्य तथा संघका प्रदेश अध्यक्ष हाजि ईसराईल मंसुरीकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


अधिवेशनमा संघको नयाँ नेतृत्व चयन गर्ने, संगठन सुदृढीकरण, तथा क्षेत्रीय मुद्दाहरूको छलफल जस्ता मुख्य एजेन्डाहरूमा छलफल गरिएकाे थियो ।कार्यक्रममा संघका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको थियो । अधिवेशनले संगठनलाई अझ बलियो बनाउने दिशामा महत्वपूर्ण निर्णय लिने गरिएको छ।

संघको कोशी प्रदेश नेता नईम अन्सारीका अनुसार उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजिव काेईराला, हरिनगरका अध्यक्ष गफार अन्सारी , काेशी अध्यक्ष ऐयुव अन्सारी सहित पार्टी जिल्ला सभापति एवं इनरुवा नगर प्रमुख केदार भण्डारी सहितको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसको भातृ संघ नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेसन नेपाल मुस्लिम संघ कोशी प्रदेशसँग आबद्ध ५०० बढीको उपस्थितिमा सम्पन्न भएको थियो ।