पत्रकार निराैलाकाे निधन
जयकृष्ण यादव । इनरुवा
इनरुवा , मंसिर २९ गते । सुनसरीका अग्रज पत्रकार राजन निराैलाकाे निधन भएको छ । इनरुवा नगरपालिका ३ निवासी ६० वर्षिय अग्रज पत्रकार प्रेस चाैतारी नेता तथा ब्लाष्ट टाईम्सका सामाचारदाता निराैलाकाे मष्तिस्घाटका कारणले निधन भएको हो । झण्डै तीन दशकदेखि इनरुवाबाट पत्रकारिता गर्दै आइरहनुभएको निरौलाको भारत भ्रमणको क्रममा मष्तिस्घात भएको र दिल्लीकाे एम्स हस्पिटल तथा धरानको विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएको भन्दै घर ल्याएकाेमा सनिवार विहान निधन भएको हो ।
असामयिक निधनको खबरले पत्रकारहरुलाई स्तब्ध बनाएको छ । उहाँको निधनले सिंगो पत्रकार समुदाय शोकमा डुबेको छ। राजनकि धर्म पत्नी , एक छाेरा र छाेरी रहनुभएकाे छ ।

१, निधन भएको पत्रकार राजन निराैलाकाे तस्बिर ।
