सुनसरीकाे इनरुवामा नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्म जयन्ती मनाइएको छ । आज साझ नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय बिभाग कोशीको आयोजनामा सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुन जि)को १०१औ जन्मजयन्तीको अवसर पारेर दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरिएको हो  ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरी पार्टी सभापति एव इनरुवा नगर प्रमुख केदार भण्डारी र विशिष्ट अतिथी इनरुवा उपसभापति बिनिता दाहाल हुनुहुन्थयो ।


दिप प्रज्वलन कार्यक्रममा अथितिहरुमा इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेल ,नेपाल कर्मचारी युनियन जिल्ला सभापति निखिल पोखरेल, नेपाली कांग्रेस जिल्ला सदस्य सम्यम कोइराला ,पुर्व जिल्ला सल्लाहकार कृष्ण भगत बब्लु , तरुण दल क्षेत्र अध्यक्ष बिनोद खनाल , क्षेत्र २ कोषध्य्क्ष गौतम झा , नगर सदस्य प्रकाश भट्टराई , कर्मचारी युनियन उपसभापति हिरा साह, बिनोद मिश्रा ,शिव यादव उमेस गौतम ,झरना बस्नेत, गौतम उराँव, पत्रकारहरु  जय कृष्ण यादव र गनेस यादव लगायतको उपस्थिती रहेको थियो ।


नेपाली काँग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेका
छन् ।


विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री  बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयांका, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्केका थिए । विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेको स्वामी आनन्द अरुण स्मरण गर्छन् । 

प्रधानमन्त्री भएका बेला काठमाडौँमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गरेका थिए । जीवनकालमा किसुनजी पटक पटक ध्यान गर्न त्यहाँ गर्थे ।उनी किसुनजीलाई आफ्नो अडानमा टसमस नहुने  नेताका रूपमा सम्झन्छन् । तत्कालीन सरकारले तयार पारेको  कागजातमा हस्ताक्षर गरेर बिपी कोइराला र गणेशमान सिंह सुन्दरी जल बन्दी गृहबाट बाहिरिँदा नेता भट्टराई जेलमा नै बसेका उनको स्मृतिमा ताजै छ । सन्तनेताको निष्ठाको राजनीति र चट्टानी अडान उनी सधैँ सम्झन्छन् र त्यसको मुक्तकण्ठले प्रशंसा गर्छन् ।“किसुनजी राजनीतिमा रहेर आफ्ना कमी कमजोरी नलुकाई सत्य बोल्नुहुन्थ्यो, विवाह नगरे पनि म कुमार होइन जस्ता विषयले उहाँ सत्य र स्पष्ट बोल्ने राजनीतिज्ञका रूपमा समेत स्थापित हुनुभएको छ, अडानमै रहेर उहाँ भारत प्रवासमा पनि जानु भएन, नेपालमै बसेर नेपाल विद्यार्थी सङ्घको स्थापना गर्नुभयो, त्यसबापत थप तीन वर्ष जेलमा बस्नुभयो”, आनन्द अरुणले भने । अहिंसावादी नेताका रूपमा चिनिने महात्मा गान्धीभन्दा पनि किसुनजी आध्यात्मिक नेताका रूपमा परिचित भएको उनको बुझाइ छ ।किसुनजीको जन्म शताब्दी वर्षका अवसरमा गत वर्ष ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ स्थापना गरेर त्यसका अध्यक्ष लोकेश ढकालले निष्ठाको राजनीति र देशको  विकासमा उनले गरेका योगदानको प्रचार थालेका छन् ।


“किसुनजी आफैँले स्थापना गर्नुभएको पार्टी आफैँ आँसु झारेर किन छोडेर हिँड्नुभयो रु यसको खोजी गरेपछि नै उहाँप्रति सच्चा सम्मान हुनेछ, उहाँले पार्टी छोड्नुभयो, आदर्श छोड्नुभएन, उहाँप्रतिको सम्मानका लागि केन्द्र स्थापना गरिएको हो”,