बबिया स्वास्थ्य चाैकीमा कार्यालय सहयोगीको अभावमा सरसफाइमा समस्या
सुनसरीको इनरुवा नगरपालिकाले बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेको बबिया स्वास्थ्य चाैकीमा कार्यालय सहयोगीको अभावमा सरसफाइमा समस्या भएको छ । एकातिर आवश्यक जनशक्तिको अभाव र अर्कोतिर सरसफाइ सहितको नियमित काममा सहयोग गर्ने कार्यालय सहयोगीको अभावमा बबिया स्वास्थ्य चाैकीमा सरसफाइमा समस्या भएको हो ।

दुुई वर्षअघि नै सहयोगी विहिन बनेकाले केही समय स्थानीयले सहयोग गरेको थियोे ।कार्यालय सहयोगीको अभावमा सरसफाइमा समस्या भएको विषयमा वडा अध्यक्ष, नगरप्रमख र उपप्रमुखलाई समेत जानकारी गराउदा कुनै सुनुवाइ नभएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । नगरपालिकाले २०८० साउनयता कुनै पनि कार्यालय सहयोगीकाे व्यवस्था नगरेकोले समस्या भएको पुर्व स्वास्थ्य चाैकी प्रमुख धुर्व मेहताले बताउनुभयो । कार्यालय सहयोगीविहीन स्वास्थ्य चाैकि बन्न पुगेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो स्वास्थ्य चाैकीमा एउटा पनि कार्यालय सहयोगी छैनन् । जसले गर्दा नियमित सरसफाइ र जनताका अति आवश्यक काममा बाधा आइरहेको छ ।”
