इनरुवामा दायित्वबोध संगोष्ठी
सुनसरीकाे इनरुवामा सनातन कुटुम्ब नेपालद्वारा सडक घटना न्युनिकरण गर्ने र मृत्युु भएकाहरुकाे चिरशान्तिकाे कामना गर्दै लोक हितार्थ कार्यक्रम सुरु भएको छ ।

इनरुवा ६ मधेसा घाेपाली टाेलमा आयोजित संत्रास विमोचक यज्ञ अन्तर्गत पर्यावरण मित्र, सनातन संस्कृतिनिष्ठ जीवन प्रबन्धन संवाद स्वरूपको दायित्वबोध संगोष्ठीमा सराेकारवालाहरुले प्रवचन दिईरहनुभएकाे छ ।

कार्यक्रममा सकिर्तन र महामन्त्र बाचन भइरहेको छ । पौष १४ गते आइतवार श्री जानकी मण्डपम् हलेसी चौक इनरुवा-६, सुनसरीमा कुटुम्बभाव प्रवर्द्धन गरौं ,आफ्नोपनमा गौरव गरौं सन्देश दिदै कार्यक्रम जारी रहेको छ । आयाेजक समितिका अशोक चितलागिंयाका अनुसार सनातन कुटुम्ब नेपाल इनरूवा, सुनसरी द्वारा जनसहयोगमा लोक हितार्थ आयोजित संत्रास विमोचक यज्ञ कार्यक्रम पौष १३ गते शनिवार उद्घाटन भएकोमा १४ गते आइतवार, १५ गते सोमवार र १६ गते मंगलवारसम्म कार्यक्रम जारी रहने छ ।

हलेसीचौक अगाडि श्रीसंत कुमार मेहताको प्लान्ट साइट (राजमार्गको इनरूवा भा. सि. झुम्का खण्ड)मा भइरहेको कार्यक्रममा नागरिक अगुवा तथा शिक्षाको सेवा दिदै आएको हाम्रो सिकाई सेन्टर परिवारलाई स्यवसेवककाे रुपमा रहेको छ ।

सनातन मान्यतानुसार लोक हितार्थ एवं सकारात्मक ऊर्जाको अभिवृद्धिका लागि जनसहयोगमा आयोजित संत्रास विमोचक यज्ञ का अवसरमा यहांको समूहको उपस्थिति तथा जिल्ला प्रहरी कार्यालय सुनसरीसंगको सहकार्यमा बांचौं र बचाऔं, जिम्मेवार चालक बनौं संदेशमूलक सवारी चालक संचेतना अभिवृद्धि कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेकाे सहभागी देवकृष्ण यादवले जानकारी दिनुभयो ।

उता राजमार्ग इनरूवा ६, बस स्टैंडमा समेत सचेतना मुलुक कार्यक्रम रहेको संयोजक विरेन्द्र साहले जानकारी दिनुभयो । सवारी चालक संचेतना अभिवृद्धि कार्यक्रम, कार्यक्रमको विवरण, पौष कृष्ण त्रयोदशी संकल्प- बिहान भएको पवन चितलांगियाले जानकारी दिनुभयो ।

संस्थापक समन्वयक सनातन कुटुम्ब नेपालका अनुसार संत्रास विमोचक यज्ञ, दायित्वबोध संगोष्ठी, कवच, सूक्त, मंत्र, वेदपाठ ,संकीर्तन जारी, नारी शक्तिद्वारा श्रीदुर्गा महाआरती, हवन बिहान ११ बजे देखि र जिल्ला प्रहरी सुनसरीको सहयोगमा सवारी चालक संचेतना अभिवृद्धि कार्यक्रम संचालन, सनातन अवधारणा शतक पुस्तकको लोकार्पण समेत रहेको जनाएको छ ।
