इनरुवा , पुस १७ गते । सुनसरीको इनरुवामा जनमत पार्टीले धोती दिवस मनाइको छ । पार्टीको केन्द्रिय सचिवालय बैठकले गरेको निर्णय अनुसार सुनसरी सदरमुकाम इनरुवामा जनमत पार्टीले धोती दिवस मनाइको हो ।

पार्टीका नेता कार्यकर्ताहरुको सहभागीतामा धोती सहितको रर्याली निकाल्दै कोण सभा गरी धोती दिवस मनाइको हो ।

पार्टीका नेता कपिलेश्वर यादवका अनुसार इनरुवा बसचौक पार्टी कार्यालयबाट जनमत पार्टीका नेता कार्यकर्ताहरुले धोतीलाई राष्टिय पोशाक घोषणा गर्नुपर्ने, मधेसी माथिको विभेद अन्त्य गर्नुपर्ने, समग्रमा पहुच र सहभागिता सुनिश्चित गर्नुपर्ने माग सहितको नारा लगाउदै र्र्याली निकालिएको हो ।

पार्टीका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा सुरु भएको रर्याली इनरुवा १ को लोकतान्त्रिक चौकमा कोण सभा गरिएको थियो । कोण सभामा पार्टीका इन्चार्ज रामान्दन मेहता, केन्द्रिय सदस्य दुर्गानन्द यादव, सिताराम पंडित, नेता देवराम मधेसी, नुतन यादव, वीरेन्द्र दास, बौवालाल मेहता, चन्द्रदेव मण्डल, अवधेस गुप्ता, सम्भु प्रसाद साह, सरोज साह सहितको उपस्थिती रहेको थियो ।

बुधवार जनमत पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर कार्यक्रम गर्न गरेको निणर्य अनुसरा दिवश मनाएको हो ।