जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १९ गते । नेपाली काग्रेंसका बरिष्ठ नेता एवं केन्द्रीय सदस्य शेखर कोइरालाले गलतलाई गलत र सहिलाई सहि भन्न सक्ने मात्रै काग्रेंसी हुने बताउनुभएको छ । नेपाली कागं्रेस सुनसरीका पुर्व सभापति रामबहादुर बस्नेतको निधनको १३ ओं पुण्य तिथिमा सनिबार सुनसरीको इनरुवामा आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले बस्नेत प्रति हार्दिक श्रद्धाञ्जली दिनुहुदै सत्य, न्याय र सुशासनको पक्षमा रहनुभएको बस्नेतले देखाउनुभएको बाटोमा हिड्न सकेमात्र सच्चा काग्रेंसी हुने बताउनुभयो । फरक प्रसंगमा नेता कोईरालाले सामाजिक सञ्जाल सम्बन्धिको अध्यादेश बेमौसमी भएको टिप्पणी गर्नुभयो । सदन चल्न सक्ने र सरकारमा बहुमत समेत रहेको बेला हतारमा अध्यादेश मार्फत सामाजिक सञ्जाल सम्बन्धिको कुरा बेमौसमी भएको दावी गर्नुभयो ।

उहाँले एमाले र काग्रेंसको सरकार भएकोमा एमालेले जे जे गरेपनि काग्रेंस चुपचाप बस्ने र हो मा हो मिलाउने काम गर्न नहुने तर्क गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको काग्रेसले सामाजिक सञ्जाल सम्बन्धिको अध्यादेशका बारेमा समिक्षा गर्नुपर्ने बताउनुभयो ।
सामाजिक सञ्जाल सम्बन्धीको विधेक आवश्यक भएपनि नियन्त्रणमुखी नभई नियामक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“कम्युनिष्टहरुको सरकार संयन्त्र बनाएर चलाउने हो तर काग्रेंसले त्यो संस्कारको पृष्टपोष हुनुहुदैन् ।, सरकार चल्नै नसक्ने अवस्थामा पो अध्यादेश ल्याउने हो,तर सदन दुई चार दिनमा सदन खुल्ने भएपनि किन ल्याएको हो ?” ।
सोही सभामा संविधानसभा सदस्य सिताराम मेहताले स्व.रामबहादुर ब

स्नेत प्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुदै बस्नेतले लोकतन्त्रका लागि गर्नुभएको योगदानको चर्चा गर्नुभयो । पुर्व जिल्ला सभापति हरि सापकोटाले
स्व. रामबहादुर बस्नेत प्रति श्रद्धाञ्जली अर्पण गर्नुहुदै जनता र देशको नेता रहेको चर्चा गर्नुभयो । नेता उमेश थापाले समेत भोकालाई खान दिने र पञ्चायत विरुद्धको आवाजलाई बुलन्द पार्ने काममा स्व.बस्नेतको योगदान रहेकोले उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य राजिब ढुगांनाले नेताहरूको निधन पछि चर्चा परिचर्चा गर्नुभन्दा उहाँहरुले देखाएको बाटोमा हिड्नुपर्ने र बाँकी रहेको सपना पुरा गर्न सके मात्रै स्व. बस्नेत प्रति सच्चा श्रद्धाञ्जली दिएको सार्थक हुने बताउनुभयो । उहाँ प्रति पार्टीका कोशी प्रदेश सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धब थापाले स्व. रामबहादुर बस्नेत प्रति श्रद्धाञ्जली दिनुहुदैं आफुहरुलाई एक असल अभिभावकको अभाव खड्केको बताउनुभयो । त्यसैगरी नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्व गृहमन्त्री विजय कुमार गच्छदारले स्व.बस्नेत प्रति श्रद्धाञ्जली दिनुहुँदै उहाँको योगदानको जतिसुकै चर्चा गरेपनि कमै हुने बताउनुभयो । उहाँले ५० वर्षदेखिको संगको संगतले उहाँ नेता मात्रै नभई देश र जनताको असल अभिभावक रहेको चर्चा गर्नुभयो । उहाँले दिलबहादुर र होमबहादुर श्रेष्ठ ( सानबाबु, ठूलो बाबू) सहितको पञ्चाय शासनको विरुद्धमा लड्ने सहासिक नेता समेत स्व रामबहादुर बस्नेतलाई जतिसुकै उहाँ प्रति श्रद्धाञ्जली दिएपनि कम हुने बताउनुभयो ।


केन्द्रीय सदस्य तथा पुर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स्व रामबहादुर बस्नेत प्रति श्रद्धाञ्जली दिनुहुँदै नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा तथा निरकुंसताको विरुद्धमा संघर्षको नाईके समेत भएको बताउनुभयो । उहाँले बस्नेत नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक पुनःस्थापनमा महत्त्वपूर्ण योगदान गर्नुभएको चर्चा गर्नुभयो । कार्कीले राजनीतिमा प्रतिस्पर्धा गरेको भएपनि गुटबन्दी भन्दा एकताको पक्षमा सबै उभिनुपर्ने बताउनुभयो । उहाँले पार्टीका सभापति शेरबहादुर देउवाको तर्फबाट पनि श्रद्धाञ्जली र शोकाकुल परिवार प्रति संवेदना प्रस्तुत गर्नुभयो ।
केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मिनबहादुर विश्वकर्माले शोकमग्न बनाएर जानुभएको स्व रामबहादुर बस्नेत प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । नेता बस्नेतले आफ्नो काग्रेंसलाई भर र अरुलाई डर दिने निर्भीक नेताको रुपमा काम गर्नुभएको चर्चा गर्नुहुदै स्व रामबहादुर बस्नेत प्रति श्रद्धाञ्जली र शोकाकुल परिवारलाई सम्वेदना दिनुभयो ।
नेता गुरु बरालले स्व रामबहादुर बस्नेतले गर्नुभएको योगदान र समाजसेवाको चर्चा गरेको खण्डमा उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । उहाँको स्वभाव गुटबन्दी भन्दा जनहित र पार्टीको हितमा काम गर्ने रहेको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य राजिव कोईरालाले समेत स्व.बस्नेत प्रति श्रद्धाञ्जली अर्पण गर्नुहुदै २०३६ सालदेखिको संगतको अनुभव सुनाउनुभयो । राजाको शासनको बेलामा पक्राउ गर्दासमेत नडराउने जनताको बोली बोल्ने नेता स्व रामबहादुर बस्नेत रहेको चर्चा गर्नुभयो । उहाँको परिवारलाई बस्नेतको सपना सकार पार्न र सच्चा श्रद्धाञ्जलीको सार्थकताका लागि कोईरालाले आग्रह गर्नुभयो ।


पार्टीका बरिस्ठ नेता एवं केन्द्रीय सदस्य शेखर कोइरालाले स्व बस्नेत प्रति श्रद्धाञ्जली दिनुहुँदै धरानमा आफुसंगको भेटको सन्दर्भ र स्वास्थ सर्वेमा गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।
श्रद्धाञ्जली सभा पार्टीका जिल्ला सभापति केदार भण्डारीको अध्यक्षता र बरिस्ठ नेता केन्द्रीय सदस्य शेखर कोईरालाको प्रमुख आथित्यतामा सम्पन्न भएको पार्टीका जिल्ला सचिव वीरेन्द्र कुमार साहले जानकारी दिनुभयो ।


१, नेपाली कागं्रेस सुनसरीका पुर्व सभापति रामबहादुर बस्नेतको निधनको १३ ओं पुण्य तिथिमा सनिबार सुनसरीको इनरुवामा आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्नुहुदै बरिष्ठ नेता एवं केन्द्रीय सदस्य शेखर कोइराला ।