कक्षा ८ को पूर्व तयारी परीक्षामा लापर्वाही , नेपालमा नभएको तहको परीक्षा

इनरुवा, माघ २८ गते । सुनसरी इनरुवा नगरपालिकामा सामुदायिक विद्यालयले लिईरहेको कक्षा ८ को पूर्व तयारी परीक्षामा चरम लापर्वाही गरेको खुलेको छ । इनरुवा नगरपालिका परीक्षा समिति संयोजक काशीराम चौधरी नेतृत्वको टोलीले नेपालमा नभएको तह पूर्व आधारभुत तह तयारी परीक्षा लिएपछि चरम लापर्वाही गरेको खुलेको हो । बालबालिकाहरुलाई मानसकि तनाव दिएर प्रति विधार्थी २०० रुपियाँका दरले रकम उठाएर लिएको परीक्षामा समेत चरम लापर्वाही गरेको अभिभावकहरुले खुलासा गरेका छन् । सामुदायिक विद्यालयमा निशुल्क शिक्षा भनिएको भएपनि एकातिर गैरकानुनी पैसा उठाएर लिएको परीक्षामा समेत चरम लार्वाही गरेकोमा अभिभावकहरुले विरोध जनाएका छन् ।
नेपालमा हाल रहेको संविधान, ऐन, कानुन अनुसार कक्षा ८ मुनीको तहलाई आधारभुत तह र कक्षा ९ देखी १२ सम्मको लाई माध्यमिक तह भनेको छ तर देशको कानुन भन्दा छुटै कानुन वा गैरकानुनी काम गर्दै नेपालमा नभएको तह पूर्व आधारभुत तहको नाममा तयारी परीक्षा लिएपछि चरम लापर्वाही गरेको खुलेको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाका अध्यक्ष जयकृष्ण यादवले अभिभावकहरुबाट र विधार्थीबाट समेत गुनासो आएपछि विज्ञान विषयको प्रश्न पत्रको माथिल्लो भागमै पूर्व आधारभुत तह तयारी परीक्षा लेखिएको भेटेपछि चरम लापर्वाही गरेको फेला परेको प्रतिकृया दिनुभयो । यादवले परीक्षाको तयारी गर्दा प्रश्न पत्र बनाउनेले गल्ती गरेको भए टाईप गर्नेले सुधार गर्नुपर्ने, टाईप गर्नेले गल्ती गरे पुर्फ हेर्नेले सुधार गर्नुपर्ने, यती हुदाहुदै पनि छापिएर आएपछि केन्द्राध्यक्ष वा प्रधानाध्यापक, परीक्षा समिति वा निरीक्षकले हेर्नुपर्ने र परीक्षा हलमै सुधार गर्नुपर्ने वा परीक्षा रोकेर प्रश्न पत्र सुधार गर्नुपर्नेमा सबै तै चुम मैचुप भएर नेपालमा नभएको तह पूर्व आधारभुत तह बनाएर परीक्षा लिनु चरम लापर्वाही भएको यादवको प्रतिकृया छ । यादवले यसरी लापर्वाही गर्ने समिति देखी विद्यालयका प्रधानाध्यापकहरु र परीक्षामा खटिएका निरीक्षक शिक्षकहरुलाई कार्वाही गर्नुपर्ने माग गर्नुभएको छ । यादवले इनरुवा नगरपालिका, शिक्षा समिति र परीक्षा समितिको समेत गल्ती देखिएकाले उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग गर्नुभयो ।

प्रश्न पत्र छाप्ने शिवकुमार पण्डितले प्राविधि कारणले गल्ती भएको विस्कार गर्नुभएको छ भने इनरुवा नगरपालिका परीक्षा समिति संयोजक तथा नेपाल राष्टिय मावि चान्दबेलाका प्रधानाध्यापक काशीराम चौधरीले टाईपिंग गल्ती भएको र आईन्दा त्यसतो गल्ती नहुने प्रतिकृया दिनुभयो । उता महासंघका अध्यक्ष यादवले छानविनका लागि इनरुवा नगरपालिकालाई ज्ञापन पत्र बुझाउने बताउनुभएको छ ।