जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १ गते । सुनसरीको विभिन्न स्थानमा नेकपा माओवादी केन्द्रले भब्यताका साथ ३० औं जनयुद्ध दिवश मनाएको छ ।

दिवशको अवसरमा इनरुवा नगरपालिका वडा नम्बर ९ बबिया श्मवाला पार्कमा पार्टीले वृक्षारोपण समेत गरेको छ । पार्टीको इनरुवा नगर कमिटि र वडा कमिटिको संयुक्त आयोजनामा केन्द्रिय प्रदेश र जिल्लाका नेताहरुको उवपस्थितीमा वृक्षारोपण गरेर भब्यताका साथ ३० औं जनयुद्ध दिवश मनाइएको हो ।

दिवशमा बबियाको केही स्थानीयको घरमा समेत एक परिवार एक विरुवा कार्यक्रमको सुरुवात गरेको र पार्कमा वृक्षारोपण पनि गरेको पार्टीका नगर अध्यक्ष तोया गिरी पोदारले जानकारी दिनुभयो ।

हरियाली बढाउन र पर्यावरणमा संरक्षणका लागि योगदान गर्ने भएकाले वृक्षारोपण गरेर जनयुद्ध दिवस मनाएको पोदारले बताउनुभयो । उहाँका अनुसार विभिन्न प्रजातिको बोटविरुवा रोपेर दिवस मनाएको हो ।


बबियामा पार्कमा करिब दुई हेक्टर क्षेत्रमा विगतमै पार्टी तथा सरकारी निकायहरुले तारबार कम्पाउण्ड लगाएर केही वर्षदेखि नै वृक्षारोपण गर्दै आईरहेको छ ।

सोहीमा केही थप योगदान हुने भनेर विरुवा रोपेको पार्टीका इनरुवा ९ वडा अध्यक्ष लक्ष्मण यादवले बताउनुभयो ।

पार्टीका वडा सचिव गंगाराम खत्वेका अनुसार पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्र्जाज अनिता परिवार, कोशी प्रदेश उपाध्यक्ष शिवकुमार डांगी, जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मण्डल पप्पु, इनरुवा वडा नम्बर ९ का इन्र्जाज जयकृष्ण यादव, सहइन्चार्ज प्रमोद यादव, जुमराती खाँ, वडाका नेताहरु रोशन यादव, अमित मेहता, विनोद मेहता, जंगाला खत्वे, पार्वती खत्वे सहित जिल्ल, नगर र वडा सदस्यहरुको सहभागीतामा कार्यक्रम गरी वृक्षा रोपण गरिएको थियो ।


श्मवालाको पूर्वदशिक्षणतर्पmको स्मसान घाटको खाली नवबन क्षेत्रमा विभिन्न जातका ५० बढी वृक्षारोपण गरिएको पार्टी वडा सचिव खत्वेले बताउनुभयो । तेजपात, टिक र मसला लगायतका विभिन्न विरुवाहरु उक्त क्षेत्रमा रोकिएको छ भने विगतमा रोपेको विरुवा सरिसकेका छन् । साथै वृक्षारोपणको कार्यलाई पनि पार्टीले निरन्तरता दिएको छ । भविष्यमा उक्त क्षेत्रलाई नै स्थानीय विपन्न र दलितहरुको आयआर्जनको स्रोत बनाउनेगरी सकृय भईरहेको पनि खत्वेले बताउनुभयो । वडाका इन्चार्ज यादवले विरुवा र बन संरक्षणको आवश्यकता रहेको बताउनुभयो ।

यादवले आज रोपिएको केहि वर्ष विरुवाको संरक्षण गरे यसैले केहि वर्षमा उपभोक्ताहरुलाई संरक्षण गर्ने बताउनुभयो । कार्यक्रममा उपभोक्ताहरुको समेत सहभागिता रहेको थियो ।