राप्रपाका नेता चन्देश्वर चाैधरी नेपाली जनता दलमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय अध्यक्ष हरिचरण साहकाे उपस्थितिमा चाैधरी पार्टी प्रवेश गर्नुभएको हो ।

नवप्रवेशी चाैधरीलाई दलको जिल्ला कार्यसमिति इनरुवा सुनसरीमा केन्द्रीय उपाध्यक्षकाे जिम्मेवारी समेत दिएको छ । चक्का छाप चुनाव चिन्ह रहेको दलको आयोजनामा शुक्रबार पार्टी प्रवेश एवं प्रशिक्षण तथा कोशी प्रदेश कमिटी घोषणा गरेको छ ।

चन्देश्वर चौधरीलाई राष्ट्रिय उपाध्यक्ष बनाउने काम गरेको अध्यक्ष साहले बताउनुभयो । कार्यक्रममा यस क्षेत्रमा रहेको समाजिक व्यत्तित्य, विद्वान, नेता, बुद्धिजीति व्यपारी तथा पत्रकारहरूकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय अध्यक्ष साहले भ्रष्टाचार निवारण र समानुपातिक निर्वाचन प्रणाली देशमा आवश्यक रहेको बताउनुभयो ।

उहाँले अदालत र अख्तियार समेत निष्पक्ष नभएको गुनासो गर्नुभयो । उहाँले सबै स्थानीय तहमा बढेको भ्रष्टाचारको भण्डाफाेरमा आफ्नो दल लाग्ने चेतावनी दिनुभयो ।

उहाँले सबैलाई मिलाउन नसक्ने र सादर,सरल व्यवहार गर्न नसके सरकारकाे कुनै ओचित्य नहुने बताउनुभयाे ।