सुरेन्द्र मेहता , इनरुवा

काठमाडौंका पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा सुनसरीका पत्रकारले प्रदर्शन गरेका छन् ।  नेपाल पत्रकार महासंघ  सुनसरीको अगुवाईमा प्ले कार्ड सहित पत्रकारहरूले इटहरीमा प्रदर्शन गरेका छन्।


शनिबार इटहरीको मुख्य चोक हुँदै इटहरी उप महानगरपालिका कार्यालय अगाडि पुगेर कोण सभा गरेको हो। शुक्रबार पुर्व राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकले समाचार सङ्कलनका लागि गएकाे र  भिडियो ,फोटो खिचिरहेको बेला प्रदर्शनकारीहरूले गरेको आगजनीमा परी मृत्यु भएको थियो ।

उक्त घटनाको  विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीका शाखाले इटहरीमा  विरोध प्रदर्शन गरेकाे सदस्य सुरेन्द्र कुशवाहाले जानकारी दिनुभयो ।


महासङ्घको अगुवाइमा  सुरु भएको विरोध र्यालिमा प्लेकार्ड  प्रदर्शन गर्दे पत्रकार सुरेश रजक हत्यारा लाई कार्वाही गर , प्रेस स्वतन्त्रता कायम गर , पत्रकारको सुरक्षा ग्यारेन्टी गर ,दण्डहीनताको अन्तयगर र सुरेश रजकलाई न्याय दे लगायतका नाराबाजी गरेका  महासंघका सदस्य सुरेन्द्र मेहताले जानकारी दिएको छ ।
कोण सभामा नेपाल पत्रकार महासंघका सचिव विनाय बार्हकोटीले पत्रकार रजकको हत्यामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो ।

त्यसैगरि नेपाल प्रेस युनियनका अध्यक्ष ध्रुव ढाकाले पत्रकार सुरेश रजक परिवारलाई न्यायका लागि सरकार सङ्ग आग्रह गर्नुभएकाे छ । 

अध्यक्ष ढकालका अनुसार पत्रकार र मिडियामाथि भएको आक्रमणका कारण महासङ्घले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी विरोध प्रदर्शनमा उत्रिएको हो। साथै महासंघले आगामी विरोध कार्यक्रमहरूको बारेमा थप निर्णय गरेका छन । भने भोलि चैत १७ गते जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत ज्ञापनपत्र बुझाउने जनाएको छ  ।