इनरुवा, चैत १७ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा गुणस्तरीय सेवा प्रभाव विषयक संवाद गरिएको छ । समाजिक परिवर्तन केन्द्र काठमाडौको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका ३ नम्बर वडामा संवाद कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न संवाद कार्यक्रममा नेपाली काङ्ग्रेसका वडा सभापती देवकुमार मण्डलले सरकारी सेवामा विवादमा फस्नु भन्दा सदाचार कायम गर्नुपर्ने र सेवा गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारी सेवामा सदाचारीता हुनुपर्ने र त्यसका लागि शिक्षामा ध्यान दिनुपर्ने र विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो । समुदायको विकासको लागि समयमै विकास निर्माणका काम गर्नुपर्ने असारे हतार विकास भन्दा समयमै काम गरेर समुदायलाई खुशी पार्नुपर्ने बताउनुभयो ।
भोक्राहा नरसिंह गाउँपलिका ३ पूर्व वडा अध्यक्ष सुकदेव यादवले समाजिक विकृती हटाउन सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । यादवले विकास असन्तुष्टी भन्दा आफैबाट सुधार गरि खुसी हुने वतावरण बनाउनुपर्ने बताउनुभयो ।


यादवले समाजमा मुखले खाएको बीष भन्दा कानबाट सुनेको विषको नकारात्मक असर बढी रहेकोले त्यसमा ध्यान दिन जरुरी रहेकोे बताउनुभयो । उहाँले आगलागी नियुनिकरणका लागि सबै सचेत भई भान्सा कोठामा पानी राख्नुपर्ने, सुत्ने बेलामा पानी भण्डारण गर्नुपर्ने सुझाव दिनुभयो । आगलागी नियन्त्रण सम्बन्धि माइकिङ्ग गर्नुपर्ने ,सरसफाइ तथा सूचना प्रभावकारी गर्नुपर्ने, गाउँपालिका तथा वडाले विपत जोखिम न्यूनीकरणका लागि सचेतना कार्यक्रम गर्नु सुझाव दिनुभयो । सोही कार्यक्रमा जनमत पार्टीका नेता सत्यनारायणयादवले कृषिको उत्पादन बढाउन सिचाइ र उन्नत जातको बीउ विजनको व्यवस्था गर्नुपर्ने बताउनुभयो । यादवले असक्त, एकल महिला तथा जेष्ठ नागरिकलाई घरमै समाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । त्यसैगरि सडक अतिक्रमण हटाउनुपर्ने , सडक निर्माणमा एकरुपता ल्याउनुपर्ने , सडक निर्माणमा ध्यान दिनुपर्ने ,सिचाइको व्यवस्था मिलाउनुपर्ने जोड दिनुभयो । सहभागी विद्यानन्द मेहताले वडा तहमा सिचाइ कार्यक्रमलाई पारर्दशी गर्नुपर्ने योजना तर्जमामा नागरिकको सहभागिता बाढाउनुपर्ने , भित्री सडक कालोपत्र गर्नुपर्ने बताउनुभयो । सहभागी फुलो मेचीले रोजगारीको अवसर सृजना गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । स्थानीय हिना देवि रामले स्थानीय तहको योजना तर्जमा र कार्यक्रमहरु लैङ्गीक मैत्री नभएको र सूचनामा नागरिकको पहुँच नभएको गुनासो गर्नुभयो । सहभागी मनिष यादवले जनप्रतिनिधि र कर्मचारी कार्यालयमा नियमित हुनु पर्ने र जनताको काम छिटोछरितो हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय निषा देवि रामले राहतका तथा रोजगारको कार्यक्रममा सबैको पहुँच हुनुपर्ने बताउनुभयो । अर्का सहभागी महाबती रामले सडक निर्माण गर्दा स्थानीयको हितलाई ध्यान दिनुपर्ने बताउनु भयो । अर्का सहभागी श्रवण खत्वेले समुदायको हित नभएसम्म विकासको नाममा द्वन्द्ध बढने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य पानालाल मण्डलले आफुहरुले जनताको काम नियमित रुपमा गर्दै आएको बताउनुभयो । आफुहरुले लागुपदार्थ दुव्यर्र्सन विरुद्धको अभियान समेत चलाएको र स्थानीयको दिनचर्यामा समेत सुधारको लागि काम गरेको बताउनुभयो। । भोक्राहा नरसिंह ३ का वडा अध्यक्ष धिरेन्द्र कुमार यादवले आफुहरुले जनताकै लागि काम गर्दै आएको बताउनुभयो । यादवले जनमैत्री काम गरेको दावी गर्नुहुदै सरकारी सेवामा गुणस्तरीयताको पक्षमा आफू गम्भिर रहेको बताउनुभयो । संवादमासमाजिक परिवर्तन केन्द्र काठमाडौका लागि सुनसरी संवाद सहजकर्ता जयकृष्ण यादव, जानकी सिवाकोटी मण्डल र जिल्ला संयोजक रमेश भट्टराईले सहजिकरण गर्नुभएको थियो ।


१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा सम्पन्न भएको गुणस्तरीय सेवा प्रभाव विषयक संवादका सहभागीहरु ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा