नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरी अध्यक्षमा मण्डल
जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत १७ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरीको १४ औं जिल्ला अधिवेशनको बन्द सत्रले रामानन्द मण्डललाई अध्यक्ष चयन गरेको छ । सम्पन्न भएको अधिवेशनको उपाध्यक्षमा राजेन्द्र प्रसाद न्यौपाने, महिला उपाध्यक्षमा सकुन्तला गुरागाई, सचिवमा योगेन्द्र निरौला, सहसचिवमा पुष्पावती चौधरी, कोषाध्यक्षमा गीता चौलागाई र सह कोषाध्यक्षमा उमानन्द पाल चयन हुनुभएको छ ।


त्यसैगरी जिल्ला सदस्यमा देवराज राई,सुर्य प्रसाद खतिवडा, दिपक कुमार चौधरी, खडग बहादुर कार्की , विशाल राई, युवराज पौडेल , शिव शर्मा , लाल कुमार मण्डल, उमेश मेहता, विमला देवी यादव, राम कुमार यादव, रामानन्द्र मेहता, इन्द्र बहादुर बस्नेत, लक्ष्मी प्रसाद सुवेदी र राधा कुमारी चौधरी चयन हुनुभएको छ ।



त्यसैगरी महिला जिल्ला सदस्यमा अम्बिका सुवेदी, रञ्जु सिग्देल, सुस्मिता नेपाल र गिरिजाचेली राई चयन हुनुभएको छ । त्यसैगरी समावेसी जिल्ला सदस्यमा मनिषा श्रेष्ठ, नर बहादुर मगर चयन हुनुभएको छ । त्यसैगरी केन्द्रिय प्रतिनिधिमा जिल्लाबाट हिरामणी पौडेल, चडामणी खनाल, बेणु काफ्ले र मेदन कुमार घिमिरे चयन हुनुभएको छ । त्यसैगरी लेखा समिति संयोजक पुष्य प्रसाद निरौला सदस्यमा ठाकुर प्रसाद पुरी र। लिलानाथ सिलवाल चयन हुनुभएको छ । सबै पदाधिकारी तथा जिल्ला सदस्य र केन्द्रिय प्रतिनिधिहरु निविरोध निर्वाचित भएको संगठनले जनाएको छ ।

१, नेपाल राष्टिय संगठन सुनसरीको निर्वाचित पदाधिकारीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
