जंगली हात्ती आतंक, मकैमा ठूलो क्षति
जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत १९ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका २ जब्दीमा केहिदिनयता जंगली हात्तीको आतंक बढेको छ । पूर्वी नाकाबाट नेपाल पसेको दूई दर्जनभन्दा बढीको संख्यामा रहेको जंगली हात्तीको समूहले बराहक्षेत्र नगरपालिका २ जब्दीमा किसानले लगाएको मकै, गोलभेडा, फर्सी लगायतका बालीमा क्षति गरेको छ ।
जंगली हात्ती आतंक बढेकोले स्थानीयहरु रातभर जागग्राम बस्न बाध्य भएको र किसानले लगाएको बालीमा क्षति भएको जनाएको छ । जंगली हात्तीले रातभर मकै बालीमा सबेर, खाएर, कुल्चिएर र लतारेर नष्ट गर्दा लाखौंको क्षति भएको बराहक्षेत्र नगरपालिका २ जब्दीका सुनिता बस्नेतले जानकरी दिनुभयो । मकैमा जंगली हात्ती आतंक बढेकाले आफ्नो सात विघा मध्ये एक विघा बढीको क्षेत्रफलमा मकैंबाली क्षति गरेको आदित्य नमो कृषि फर्म बराहक्षेत्र २ का सञ्चालक चन्दन मेहताले जानकारी दिनुभयो ।
फर्मका लागि भाण्डारणका लागि बनाएको स्टोर तथा कामदारका लागि बनाएको भान्सा कोठामा समेत क्षति पु¥याएको बराहक्षेत्र नगरपालिका २ जब्दीमा मकैखेती गर्नुभएका भोक्राहा नर्सिङ गाउँपालिका २ का किसान चन्दन मेहताले जानकारी दिनुभयो । मेहताले जंगली हात्ती आतंक बढेको आफ्नो फर्ममा काम गर्ने कामदार समेत त्रसित बनेको बताउनुभयो । मेहताले बालीमा लाखौको क्षती गरेकाले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई स्थलगत अध्ययन र अनुगमन गरि क्षतीपुर्तीका लागि अपिल गर्नुभयो ।
१, सुनसरीको बराहक्षेत्र नगरपालिका २ जब्दीमा केहिदिनयता जंगली हात्तीको आतंक बढेको विषयमा जानकारी दिदै स्थानीयहरु ।


२, हात्तीले क्षती गरेको मकैं देखाउदै किसान ।
तस्बिरः जयकृष्ण यादव । इनरुवा
