जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत २० गते । सुनसरीको इनरुवामा सहकारी क्षेत्रमा योगदान गर्ने सहकारीकर्मीहरुलाई सम्मान गरेको छ । जिल्ला सहकारी संघ लि.सुनसरी र इनरुवा नगर सहकारी समन्वय समितिको आयोजनामा आयोजित ६८ औ राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा सहकारी विज्ञ केदारप्रसाद न्यौपाने र सहकारीकर्मी रिता कुमारी भट्टराईलाई सम्मानित गरेको हो । इनरुवा सहकारी समन्वय समितिको सम्मानबाट न्यौपाने र भट्टराईलाई कार्यक्रमका प्रमुख अथिति इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले सम्मानित गर्नुभयो ।


यसैबीच दिवशको अवसरमा आयोजित अन्तरकृया कार्यक्रममा सहकारी विज्ञ मधवप्रसाद आचार्यले सहकारीको अवस्थामा सुधार गर्दै मर्यादित र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । सहकारीको संकटमा परेको विषयलाई सकारात्मक रुपमा उठान गिर इनरुवाका सहकारी विकासमा सहयोग गर्नुपर्ने इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेलले बताउनुभयो । इनरुवा सहकारी समन्वय समिति अध्यक्ष एकराज खनालको अध्यक्षता र इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आथित्यतामा दिवस मनाईएको संघले जनाएको छ । संघका सचिव कृष्णप्रसाद घिमिरेका अनुसार दिवसको अवसरमा र्याली समेत निकालिएको थियो । सचिव घिमिरेले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीको क्षेत्रमा तीन दशकदेखि योगदान गर्नेहरुलाई सम्मानित गरेको बताउनुभएको छ । बुधबार ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मूल नाराका साथ मनाएको दिवसको क्रममा सहकारी ऐन, नियमावली र कार्यविधिको कार्यन्वयनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेको छ ।
दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा १७ सहकारी संस्थाका १५९ जनाको उपस्थिति रहेको सहकारीकर्मी फडिन्द्र भट्टराईले बताउनुभयो । यस वर्षको नाराले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने सन्देश दिएको बरिस्ठ अधिवक्ता कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो। मुलुकभरका सहकारी संघ÷संस्थाहरू, सरोकारवालाहरू तथा सम्पूर्ण सहकारी अभियन्ताहरूलाई ६८औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । सुनसरीको इनरुवामा ८० सहकारी सहित देशभर करिब ३२ हजार भन्दा बढी सहकारी संघ÷संस्थाहरूमा आवद्ध ७३ लाखभन्दा बढी सदस्यको विशाल नेटवर्क रहेको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन, वित्तीय पहुँच विस्तार गर्न तथा आर्थिक समृद्धि प्रवद्र्धन गर्दै समुन्नत समाज निर्माणमा खेलको भूमिका उजागर गर्ने बार्षिक रुपमा समेत दिवस मनाउने गरिएको छ ।


१, जिल्ला सहकारी संघ लि.सुनसरी र इनरुवा नगर सहकारी समन्वय समितिको आयोजनामा आयोजित ६८ औ राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा सहकारी विज्ञ केदारप्रसाद न्यौपाने र सहकारीकर्मी रिता कुमारी भट्टराईलाई सम्मानित गर्दै ।