जयकृष्ण यादव । इनरुवा
इनरुवा , चैत २२ गते । सुनसरीकाे इनरुवामा रामनवमीको पावन उपलक्षमा चैत २४ गते आईतवार बिहान ८:३० को समयमा मोटरसाइकल -याली निकाल्ने भएको छ ।

इनरुवाका दर्जनभन्दा बढी संघ संस्थाले संयुक्तरूपमा रामनवमीको पावन उपलक्ष्यमा  आईतवार बिहान ८:३० को समयमा मोटरसाइकल -याली निकाल्ने भएको हो ।श्री रामजानकी गुठी संस्था इनरुवा-४ सुनसरीद्वारा आयोजित छलफलमा  महान पर्व रामनवमीको पावन उपलक्ष्यमा मोटरसाइकल -याली निकाल्ने  भएकोले सम्पूर्ण रामभक्त ज्युहरुलाई सहभागिताको लागी हार्दिक अनुरोध  गरेको सत्य  यादवले जानकारी दिनुभयो ।

यादवले दिनुभएको जानकारी अनुसार माेटरसाईकल भेला हुने स्थान: राम जानकी मन्दिर इनरुवा-४ बसचौक रहेको जनाएको छ। र्यालीमा सहयोगी संस्थाहरुमा  ५७ युवा क्लब(५७टोली)इनरुवा, इनरुवा जेसीज, बंजरंग दल सुनसरी , हिन्दु स्वयंसेवक संघ नेपाल,रामजानकी युथ क्लब,थारू कल्याणकारी इनरुवा,सत्यनारायण मन्दिर इनरुवा, उज्ज्वल सुनसरी परिवार रहेको सामाजिक अभियन्ता दिलिपचन्द साहुले जानकारी दिनुभयो ।