जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत २२ गते । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा स्वागत कार्यक्रम गरिएको छ । क्याम्पसमा आएका नयाँ विधार्थीहरुलाई लक्षित गरेर स्वागत कार्यक्रम गरेको स्वतन्त्र विधार्थी युनियन सुनसरी बहुमुखी क्याम्पस इकाईले जनाएको छ ।

विधार्थी एकता नाराका साथ स्वागत कार्यक्रम गरेको स्ववियु सभापती सुनिल मण्डलले जानकारी दिनुभयो ।

नेपाल विधार्थी संघका नेता सेराज हुसेनले सञ्चान गर्नुभएको कार्यक्रमका प्रमुख अथिति इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी रहनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्नुहुदै इनरुवा नगर सरकार विधार्थीको हितमा काम गर्न सदैव तयार रहेको बताउनुहुदै विधार्थीहरुलाई स्वदेशमै केही गर्न लोक सेवा, शिक्षक सेवा र अन्य सेवामा लग्न आग्रह गर्नुभयो । उहाँले असल नागरिक बन्ने देखी कर्मचारी वा नेतासम्म बन्न असल शिक्षा चाहिने बताउनुभयो ।

कार्यक्रममा विषेश अतिथि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद,क्याम्पस प्रमुख रमेश मण्डल, पत्रकार जयकृष्ण यादव, जनप्रतिनिधिहरु, प्रध्यापक सुनिल यादव, परिचय अधिकारी र लिला अपागाई सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा विधार्थीहरुले अभियन, नाटक तथा प्रतिभाहरु प्रस्तुत गर्नुभएको थियो ।