कोशी प्रदेशको सहरी बिकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा बिषयक गोष्ठी ” सम्पन्न
जयकृष्ण यादव । इनरुवा

सुनसरीकाे इटहरीमा नेकपा(एमाले), कोशी प्रदेश कमिटी, सहरी बिकास बिभागकाे आयोजनामा “कोशी प्रदेशको सहरी बिकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा बिषयक गोष्ठी ” सम्पन्न भएको छ । सनिवार पार्टीको सहरी बिकास बिभाग प्रमुख लोकेश निरौलाकाे अध्यक्षता तथा स्थायी कमिटी सदस्य भीम आचार्यकाे प्रमुख आथित्यतामा गाेष्ठी सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य सहरी बिकास बिभाग सचिव सागर थापाले गर्नुभएको थियो भने उपप्रमुख सुशीला पहाडीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहरी बिकास बिभागका तर्फबाट सुनिल नेपालले कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रमुख अतिथि आचार्यले ब्यबस्थित सहरका कारण राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने बताउनुभयो । पर्यटन, उद्योग,रोजगार, शिक्षाको क्षेत्रमा समेत टेवा पुग्ने बताउनुभयो ।उहाले सहरी पुर्वाधार र सहरी सेवा सुबिधालाई ब्यबस्थित गर्न कुन कुन कानुन बनाउने तथा परिमार्जन गर्ने त्यो तर्फ अगाडि कदम चाल्नुपर्ने ,बसाइँसराइको दर कम गर्न ब्यबस्थित सहरी निति बनाउनुपर्छ त्यस तर्फ नेकपा(एमाले), कोशी प्रदेश कमिटी र प्रदेश सरकार लाग्नुपर्नेमा जाेड दिनुभयो । कार्यक्रमलाई सम्बाेधन गर्दै आचार्यले सहरी बिकास बिभागले प्रदेशका सहरी योजनाहरु निर्माण गर्न महत्त्वपूर्ण नितिगत सुझावहरु पेश गर्न यस्ता कार्यशालाहरुले सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा( एमाले) केन्द्रिय सदस्यहरु
भगवती चौधरी , अमृता सुब्बा ,ईन्दु गौतम ,कोशी प्रदेश सभा माननीयहरु रोहित बहादुर कार्की, नीरा खनाल,इटहरीको उप मेयर संगीता चौधरी तथा उपमहानगर भित्रका नेकपा(एमाले), प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो । उपमहानगर भित्रका निर्वाचित उप-मेयर,वडा अध्यक्ष र सदस्यहरुको समेत उपस्थिति थियो ।

कार्यपत्र माथी गणेश दाहाल , लेखनाथ घिमिरे ,शालिकराम ढकाल,लीलाराज भट्टराई, मानधोज मोक्तान ,लगायतले टिप्पणी पेश गर्नु भएको थियो । गाेष्ठीमा निर्वाचित जनप्रतिनिधिहरु प्रभात आचार्य, भुवन पोखरेल, दिपक घिमिरेले थप सुझाव पेश गर्नु भएको थियो । नेतृ भगवती चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्दै एक सहर एक पहिचान के के हुन सक्छन ? त्यसको पहिचान गरि रोजगारी सृजना गर्नुपर्नेमा जाेड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष लोकेश निरौलाले नेकपा(एमाले), कोशी प्रदेश कमिटी, प्रदेशको सहरी निति बनाउन लागी रहेको बताउनुभयो । उहाले यसलाई ब्यबस्थित गर्न के के गर्नु पर्छ भन्ने सुझाव संकलन गर्न कार्यशालाहरु गरिरहेको बताउनुभयो । साथै सहरलाई ब्यबस्थित गर्ने,सहरी सुबिधा बिस्तार गर्न लाग्ने,रोजगारीको अवसर सृजना गर्ने र बिपद न्यूनीकरण गरि दीगो र सुरक्षित सहर निर्माण गर्न निति र कानुन बनाउन एमाले लागी रहेको बताउनुभयो ।

तस्बिर दुर्गा पार्टी प्यालेस,इटहरी ,सुनसरीमा एमालेले आयोजना गरेको कार्यक्रममा सहभागीहरुलाई उदेश्य बारेमा जानकारी दिदै ।
